साफ यू–२० च्याम्पियनसिपमा नेपाल माल्दिभ्स संग खेल्ने

भारतको भुवनेश्वरमा आज सोमबार देखि सुरु हुने साफ यू–२० च्याम्पियनसिपको पहिलो खेलमा नेपालले सोमबारै माल्दिभ्स संग खेल्दैछ । नेपाल र माल्दिभ्स बीचको खेल भुवनेश्वरको कालिंगा रंगशालामा नेपाली समय अनुसार अपरान्ह ४ बजे हुनेछ ।

राउण्ड रोविनका आधारमा खेलाइने च्याम्पियनसिपमा नेपालको लक्ष्य माल्दिभ्स विरुद्ध ३ अंक जोड्नु रहेको छ ।

भुवनेश्वरमा आइतबार भएको प्रि म्याच कन्फ्रेन्समा नेपाली टोलीका कप्तान आयुष घलानले प्रतियोगिताको लागि तयारी राम्रो भएको र ३ अंकका लागि खेल्ने बताउनु भएको छ ।

यस्तै नेपाली युवा टोलीका मुख्य प्रशिक्षक मेघराज केसीले भने साफ यू–२० च्याम्पियनसिपको उपाधि जित्ने गरी तयारी गरेको बताएका छन् । करिब २ महिना देखि टोलीले तयारी थालेको र यस टोलीबाट धेरै अपेक्षा गरिएको उनले बताएका छन् ।

कोरोना महामारीका कारण पछिल्लो २ वर्ष देखि उमेर समूहका प्रतियोगिता नभएका कारण यस पटक खुल्ला प्रतिस्पर्धाबाट खेलाडी छनोट गरिएको थियो ।

नेपाली टिममा सिनियर टिमका सदस्य आयुष सहित ए डिभिजन लिग खेलेका सिनियर राष्ट्रिय टोली बाट खेलि सकेका आयुष घलान सहित ए डिभिजनमा खेलेका कृतिश रत्न छुन्जु, मनग्य नकर्मी, आशिष राई, दीपेश गुरुङ लगायत शीर्ष श्रेणीको लिग खेलेका अनुभवी खेलाडी समेत छन् ।
माल्दिभ्सका प्रशिक्षक अहमद शाकिरले नेपाली युवा टोली आफ्ना लागि पनि नौलो रहेको कारण खेल्न कठिन हुने बताएका छन् ।

नेपाल र माल्दिभ्स यो स्तरमा यस अघि दुई पटक खेलेका छन् । सन् २०१७ मा नेपालले माल्दिभ्सलाई हराएको थियो भने २०१९ मा बराबरी खेलेको थियो ।

सोमबारै श्रीलंका र बंगलादेश बीच पनि खेल हुने छ ।

सम्बन्धित

Comments are closed.