भारतीय विमान दुर्घटनाग्रस्त, दुईको मृत्यु

भारतको पश्चिमी राज्य राजस्थानमा प्रशिक्षण उडानको क्रममा दुर्घटनाग्रस्त भएको भारतीय वायुसेना (आईएएफ) का दुई विमान चालकको ज्यान गएको छ ।

मिग–२१ जेट उडानको क्रममा दुर्घटना भएको भारतीय अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन् । प्रशिक्षण उडानमा रहेको विमान राजस्थानको राजधानी जयपुर बाट करिब ५३२ किलोमिटर पश्चिममा रहेको बारमेर जिल्लामा दुर्घटनामा परेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

भारतीय वायु सेनाले यस दुर्घटनामा ज्यान गुमाएकाहरुका प्रतिगहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारहरू संग दृढतापूर्वक खडा रहेको जानकारी दिएको छ । एक अदालतको जाचको आदेश दिइएको पनि वायुसेनाका अधिकारीहरुले जानकारी दिएका छन् ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.