महिला साफ च्याम्पियनसिप भदौमा हुने

यही भदौमा नेपालमा हुने महिला साफ च्याम्पियनसिपमा नेपाल तुलनात्मक रुपमा सजिलो समूहमा परेको छ । शानिबार भएको समूह विभाजन अनुसार नेपाल रहेको समूह बी मा श्रीलंका र भुटान रहेका छन् ।

समूह ए मा भने भारत, बंगलादेश, माल्दिभ्स र पाकिस्तान रहेका छन् । नेपालले महिला साफ च्याम्पियनसिपमा श्रीलंका र भुटान संगका सबै खेल जितेको छ । प्रतियोगिता आउदो भदौको २१ गते देखि असोज ३ गते सम्म काठमाण्डौको दशरथ रंगशालामा हुदैछ ।

प्रतियोगिताका लागि नेपालले ५८ सदस्यीय प्रारम्भिक टोली घोषणा गरि सकेको छ । एन्फाले महिला टोलीको प्रशिक्षकमा कुमार थापालाई नियुक्त गरेको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.