लिम्पियाधुरा, लिपुलेकको भूभागलाई नेपाली नक्सामा समेटे पछि प्रधानमन्त्री बाट हट्नु पर्यो — एमाले अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा, लिपुलेकको भूभागलाई नेपाली नक्सामा सामेल गरेपछि प्रधानमन्त्री बाट हट्नु परेको बताउनु भएको छ ।

काठमाडौंमा पूर्व सचिव द्वारिकानाथ ढुंगेल द्वारा लिखित ‘चक्रब्यूहमा नेपाली जलस्रोत’ शीर्षकको पुस्तक विमोचनमा उहाले लिम्पियाधुरा र लिपुलेकलाई नेपाली नक्सामा सामेल गरेपछि प्रधानमन्त्री बाट हट्नु परेको टिप्पणी गरेका हुन् ।

सुगौली सन्धिले महाकाली नदीलाई सिमाना मानेपछि लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूभाग नै भएकोमा विवाद नरहेको ओलीले बताउनु भएको छ ।
उहाले आफू पहिलो पटक प्रधानमन्त्री हुदा चीन संग पारवहन सन्धि गरेपछि पनि प्रधानमन्त्री बाट हट्नु परेको बताउनु भएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.