विद्युतीय रेल सञ्चालन गरिने भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङ

यातायातलाई व्यवस्थित बनाउनका लागि पूर्व पश्चिम विद्युतीय रेल सञ्चालन गरिने भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङले बताउनु भएको छ ।

बुधबार नेपाल कम्युनिष्ट पार्टी नेकपा कञ्चनपुरले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री नेम्बाङले पूर्व पश्चिम विद्युतीय रेल सञ्चालनका लागि डिपिआर निर्माण भएको बताउनु भयो । उहाले आगामी आर्थिक वर्षदेखि निर्माण कार्य सुरु गरिने बताउनु भयो ।

राष्ट्रिय महत्वका आयोजना सरकारको पहिलो प्राथमिकतामा रहेको चर्चा गर्दै उहाले त्यसलाई पूरा गर्न लागि परेको बताउनु भयो ।

उहाले महाकाली नदीमा निर्माणाधीन ४ लेनको पक्की पुल समयमै निर्माण हुने र यसले त्रिदेशिय सम्बन्ध सुमधुर हुने पनि बताउनु भयो । कञ्चनपुर जिल्लामा १६ वटा तराई(मधेस पूर्वाधार सडक निर्माण भइरहेको उहाले जानकारी दिनु भयो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.