हात्तिपाईले रोग बिरुद्धको औषधी खुवाउने अभियानलाई प्रभावकारी रुपमा संचालन गर्न निर्देशन

कैलालीको धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर ओडले हात्तिपाईले रोग बिरुद्धको औषधी खुवाउने अभियानलाई प्रभावकारी रुपमा संचालन गर्न निर्देशन दिनु भएको छ ।  बुधवार हात्तिपाईले रोग निवारण कार्यक्रम २०७६ नगरस्तरीय योजना तर्जुमा कार्यक्रमको उद्घाटन गर्दै यस्तो निर्देशन दिनु भएको हो ।

धनगढीमा हात्तिपाईले रोग बिरुद्धको अभियानमा धेरै ब्यक्तिहरु औषधी खानबाट छुटेको भन्ने तथ्याङ्क रहेको बताउदै नगरप्रमुख ओडले भने यस पटक यसको पुनराबृती नहोस भन्दै सजग गराउनु भयो ।

जानेबुझेका ब्यक्तिहरुले नै हात्तिपाईलेको औषधी खान छुटाउनु दुर्भाग्यपुर्ण रहेको बताउदै नगरप्रमुख ओडले कतिपय स्वास्थ्यकर्मीहरुले पनि औषधी खादैनन् भन्ने कुरा बाहिर आउँने गरेको बताउनु भयो । माघ २५ गतेबाट अभियान सुरु हुने भएकाले सबैलाई औषधी खुवाउन त्यसमा खटिन कर्मचारीहरुलाई आग्रह गर्नु भयो ।

धनगढी उप–महानगरपालिका स्वास्थ्य महाशाखाका अधिकृत लक्ष्मी उपाध्यायले हात्तिपाईले बिरुद्धको औषधी लगातार ६ बर्ष सम्म नछुटाएर खानुपर्ने बताउदै यो अभियान महत्वपूर्ण रहेको बताउनु भयो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.