टीकापुरमा खानेपानी तथा सरसफाई संस्थाको वार्षिक साधारण सभाको उदघाटन भयो

कैलालीको टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको छैठौं वार्षिक साधारण सभाको उद्घाटन समारोह शनिबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष भैरव सिह रावलको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन समारोहको प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री रण बहादुर रावल रहेका थिए । उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि रावलले टीकापुरबासीले गर्व गर्ने संस्थाका रुपमा विकास भैरहेकोमा खुशी लागेको बताउनु भयो । उनले संस्थाको चर्चा टीकापुर भन्दा बाहिर समेत हुने गरेको बताउनु भयो ।
उनले संस्थालाई आय आर्जनका माध्यम बाट बलियो बनाउदै सबै उपभोक्ताको अपनत्व हुने तर्फ नेतृत्वले ध्यान दिनु पर्नेमा जोड दिनु भयो । उनले स्वच्छ पिउने पानी दिगो विकासका लक्ष्य मध्ये एक भएको बताउदै संसारभर स्वच्छ पिउने पानीलाई प्राथमिकतामा राखेर काम भैरहेको बताउनु भयो । उनले नगरपालिकाका सबै ठाउमा स्वच्छ पिउने पानी पुर्याउनु संस्थाको लक्ष्य हुनुपर्ने बताउनु भयो ।
उद्घाटन समारोहमा विभिन्न वक्ताहरुले बोलेका थिए । पूर्व सँंसद गंगा बहादुर कुवरले खानेपानी जस्तो साझा संस्थामा राजनीति गर्न नहुने बताउनु भयो । उनले सबै मिलेर संस्थाको विकास गर्नु आजको आवश्यकता भएको बताउनु भयो । सो अवसरमा संविधान सभा सदस्य हरिलाल ज्ञवालीले टीकापुरबासीको अथक प्रयासले खानेपानी संस्था स्थापना भएको बताउदै यसको दिगो विकासमा सबै मिलेर हातेमालो गर्नुपर्नेमा जोड दिनुभयो । त्यस्तै अर्का संविधान सभा सदस्य रुपा चौधरीले संस्था सबैको साझा बन्नुपर्नेमा सुझाव दिनुभयो ।
उद्घाटन समारोहमा सुदूरपश्चिम प्रदेश सभा सदस्य उमा बादी, टीकापुर नगरपालिकाका पूर्व मेयर तपेन्द्र बहादुर रावल, वडा नं. १ का अध्यक्ष मोहन विक, संस्थाका संस्थापक अध्यक्ष नवराज रावल, दयाराम सन्ज्याल, जगदिश्वर पण्डित लगायतले बोलेका थिए । साधारण सभामा संस्थाका दुई जना कर्मचारीलाई सम्मान गरिएको छ । सम्मानित हुनेमा मिटर रिडर कमला उपाध्याय र पलम्बर छत्र ठकुल्ला रहेका छन् । संस्थामा रहेर उत्कृष्ठ काम गरेको भन्दै उनीहरुलाई सम्मानित गरिएको हो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.