ब्राउन सुगर सहित कञ्चनपुरको पुर्नवास बाट एक युवक पक्राउ

पाच ग्राम आगुऔषध ब्राउन सुगर सहित कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नं. १ ढक्का बाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ । हिजो बेलुकाको समयमा ढक्का बाट १७ बर्षिय निरज रानालाई प्रहरीले पक्राउ गरेको हो । लागुऔषधको किनबेच भईरहेको सुचना पाएपछि प्रहरी ढक्का पुगेको थियो ।

प्रहरी देख्ना साथ दुई जना फरार भएको र एक जनालाई प्रहरीले पक्राउ गरि नियन्त्रणमा लिएको छ । अभियुक्तलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरिक्षक नरेश राज मल्लले जानकारी गराउनु भयो ।

सम्बन्धित

Comments are closed.