कञ्चनपुरको झलारीमा सरसफाई अभियान सम्पन्न

कंचनपुरको शुक्लाफाटा नगरपालिका वडा नं १० वजार क्षेत्रको सार्वजनिक स्थलमा सरसफाई अभियान सम्पन्न भएको छ । शनिबार समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत झलारी वजारको मेनरोड दायँ बायँ यात्रु प्रतिक्षालय, शिव मन्दिर, सार्वजनिक शौचालय, खुला मञ्च लयायतका क्षेत्रमा सरसफाई गरिएको हो । सुन्दर शुक्लाफाटा नगर स्वच्छ सफा राख्ने हामी सवैको रहर भन्ने मुल नाराका साथ ईलाका प्रहरी कार्यालय झलारी,

झलारी पिपलाडी उधोग वाणिज्य संघको विशेष पहल संगै स्थानिय संघ संस्थाको समन्वयमा सार्वजनिक स्थल सरसफाई अभियान सम्पन्न भएको छ । कार्यक्रममा सम्बोधन गर्दै ईलाका प्रहरी कार्यालय झलारीका कार्यालय प्रमुख ज्ञानेन्द्र वहादुर सिंहले नेपाल प्रहरी कर्तव्य बोधका साथ सदैव देश र जनताको शुख दुखमा शान्ति सुरक्षामा निरन्तर खट्दै स्थानीय सरकार विभिन्न सामाजिक संघ संस्था नागरिक संग हातेमालो गर्दै सामाजिक अभियान, सचेतना मुलक अभियानको पैरवि संगै सहभागिता जनाउदै अगाडि वढि रहेको प्रहरी निरिक्षक सिंहले वताउनु भयो ।
कार्यक्रममा झलारी पिपलाडी उद्योग वाणिज्य संघका अध्यक्ष हरेन्द्र भण्डारीले स्वच्छ सरसफाई मानव जिवनमा ठुलो महत्व राख्ने हुदा गाउ नगर सार्वजनिक स्थल सरसफाई युक्त वातावरण निर्माणमा सवै पक्षको सहयोग सहकार्य जरुरी रहेको वताउनु भयो ।

उनले आ–आफनो घर अँगन अरूले सफा गरि देला भनेर अरूको मुख ताक्नु भन्दा स्वयं नै सरसफाई अभियानमा जुट्नुको विकल्प नभएको भन्दै सरसफाई अभियानमा सवै एकजुट हुन सके शुन्दर शुक्लाफाटाको अभियान सफल हुने दावि गर्नु भयो । शुक्लाफाटा नगरपालिका वडा नं १० का वडा अध्यक्ष लालबहादुर ऐरले यो विशुद्ध सामाजिक अभियान सराहनीय छ यश अभियानले सवैमा चेतना जागृत गर्न वल पुग्नेमा आफू आशावादी रहेको भन्दै उनले झलारी वजारको थप सुन्दरता वढाउन आवश्यक पुर्वाधार निर्माणमा वडाको सहयोग रहने वताउनु भयो ।
सरसफाई कार्यक्रममा ईलाका प्रहरी कार्यालयको टिम, सशस्त्र प्रहरी वल नं ३५ शैलेश्वरि गण हेड क्वाटर कंचनपुरको टिम, झलारी पिपलाडी उधोग वाणिज्य संघ, पतंन्जलि योग समिति शुक्लाफाटाका अध्यक्ष केशवदत्त अवस्थि, नेपाल रेडक्रस सोसाईटि उपशाखा झलारीका प्रतिनिधि वीर सिंह धामि, नेपाल स्काउट स्थानीय तह शुक्लाफाटा श्री सरस्वती मावि अमरपुरका शिक्षक भुपेन्द्र सिंह धामी एवं विद्यार्थी, नेपाल स्काउटका प्रतिनिधि एवं

श्री कालिका माविका प्रधानाध्यापक राघव अवस्थी, एवं विद्यार्थीको उत्साहजनक सहभागिता संगै लायन्स क्लव झलारीका अध्यक्ष तेज शाह, होटल व्यवसायी संघ शुक्लाफाटाका अध्यक्ष नैनसिंह वोहरा, राष्ट्रिय संगित कर्मि संघ कंचनपुरका अध्यक्ष तेजा ऐर, समाजसेवी द्वारिका कुवर, टेक शाहु शुक्लाफाटाका निबर्तमान नगर प्रमुख दिल वहादुर ऐर, सेतिकालि पत्रिकाका प्रकासक अर्जुन सिंह, प्रभु एफएमका राजेश भुल, पहिचान खवरका सम्पादक डिवि कुश्मि, शुक्लाफाटा खवरका सम्पादक जय वहादुर ऐर लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.