देशको विभिन्न स्थानमा बन्द अबस्थामा रहेका उद्योगहरु सरकारले सञ्चालनमा ल्याउने उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री दिलेन्द्र प्रसाद बडूले बताएका छन् । गृह जिल्ला दार्चुला सदरमुकाम खलंगामा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको शाखा कार्यालय उद्घाटन समारोहमा बोल्दै उनले विगतमा सरकारले संचालन गरेका तथा हाल बन्द अवस्थामा रहेका उद्योग कलकारखानाहरु पुनः संचालनमा ल्याई व्यापार घाटा घटाउनु पर्नेमा जोड दिएका छन ।
बन्द अवस्थामा रहेका उद्योगहरुलाई निजि क्षेत्र संगको समन्वयमा संचालनमा ल्याउने तयारी भएको उहाले बताएका छन । बन्द रहेका उद्योगधन्दाहरु संचालन गर्न आफ्नो मन्त्रालयले कार्यविधि र मापदण्ड तयार गरि रहेको मन्त्री बडूको भनाई छ ।
युवाहरुलाई स्वदेशमै रोजगारी दिने हिसाबले उद्योगहरु सञ्चालन गर्नु पर्नेमा मन्त्री बडूले जोड दिएका छन । देशमा निर्यात हुने वस्तुको उत्पादन कम हुदा व्यापार घाटा हुने गरेको र यसले अर्थतन्त्रमा नकारात्मक असर पारेको उनले बताएका छन् ।
Comments are closed.