कैलालीमा डुबेर एक बालकको ज्यान गयो

कैलालीको जमरा कुलोमा डुबेर एक बालकको ज्यान गएको छ । टीकापुर नगरपालिका वडा नं १ स्थित एकता नगर शिविरका लालसिंह परियारका १२ वर्षीय छोरा दिनेश परियारको कुलोमा नुहाउने क्रममा डुबेर ज्यान गएको हो ।
शनिबार दिउसो १२ बजे साथी संगै नुहाउन गएका दिनेश कुलोमा डुबेर बेहोस भएका र टीकापुर अस्पतालमा उपचारका क्रममा ज्यान गएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.