कैलालीको अत्तरीयामा पर्ने समता गल्ली हिलाम्मे

पानी निकासका लागि बनाईएको नाला नै चारैतिर बाट बन्द भएपछि कैलालीको गोदावरी नगरपालिका – २ अत्तरिया बजार क्षेत्रमा पर्ने समता गल्ली झन हिलाम्मे बनेको छ । उक्त गल्लीमा गत आर्थीक बर्षमा ३ सय मिटर लम्बाइको नाला निर्माण गरिएको भएपनि चारैतिर बाट बन्द हुदा नाला संगै सडकमा पानी जम्न थालेको हो ।

उक्त सडकमा दुइ तर्फी नाला निर्माण गरिएको भएपनि नालाको अन्तिम बिन्दुमा अर्को बिना नालाको सडकले छेकेको छ । जसका कारण सो क्षेत्रमा झन पानी जम्ने समस्या बढेको समता स्कुलकी प्रधानाध्यापक रितु पाण्डेले बताएकी छिन् । उनले गहिरो नाला निर्माण गर्दा झन डुवानको समस्या बढेको बताएकी छिन् ।

स्थानीयले नाली निर्माण गरिए पनि नालीमा बग्ने पानीको निकास पनि गर्नुपर्ने बताएका छन । स्थानीय हरिस पन्तले चारैतिर बन्द भएको बिचमा टुक्रो नाला बनाएर बजेटको दुरुपयोग गर्ने काम भएको बताउनु भयो । नाली निर्माण समितिका अध्यक्ष डम्बर साउदले आफूले नगरपालिकाले दिएको स्टमेट अनुसार काम गरेको बताउनु भयो । नालीको अन्तिम भागमा भने बढी गहिरो भएको स्विकार गर्दै उनले पानी भिरालोमा बग्न सहज होला भनेर त्यस्तो गरिएको बताउनु भयो ।
सामान्यतया नाला निकासको भाग देखि निर्माण गरिने भएपनि उल्टो दिसा बाट काम गरिदा समस्या देखिएको छ । उक्त नाला गोदावरी नगरपालिकाको आर्थिक बर्ष २०७८ – ७९ को २० लाख बजेटमा निर्माण गरिएको थियो । नाला अत्तरियाको पहाड रोड देखि करिब १ सय मिटर भित्र रहेको न्यू पोखरा होटल बाट समता स्कुल सम्म निर्माण गरिएको छ । जुन नालाको दुवैतिर अन्य नाला जोडिएका छैनन् । नाला सडक भन्दा निकै गहिरो बनेका कारण पानी जमेको देखिदैन ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.