सरकारले मंसिर ४ गते चुनावको घोषणा गरेसंगै डडेल्धुरामा चुनावको तयारी सुरु

सरकारले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन मंसिर ४ गते गर्ने घोषणा गरेसंगै डडेल्धुरामा पनि चुनावको तयारी सुरु भएको छ । आगामी निर्वाचनका लागि जिल्लामा २२ मतदान स्थल थप गर्न सिफारिस गरिएको छ । डडेल्धुराका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीको अध्यक्षतामा बसेको जिल्ला मतदान स्थल केन्द्र पुनरावलोकन सिफारिस समितिको बैठकले मतदान स्थल थप गर्न सिफारिस गरेको हो । अहिले जिल्लामा स्थानीय तह निर्वाचनका लागि ८० मतदान स्थल र १ सय २६ मतदान केन्द्र थिए । निर्वाचनको मिति घोषणा भएसंगै शुक्रबार देखि भने मतदाता नामावली संकलन स्थगित भएको छ ।

सम्बन्धित

Comments are closed.