महाकाली नदीमा पुल नहुदा डुंगाको भरमा जोखिमपूर्ण यात्रा गर्न बाध्य ।

बैतडीको तल्लोसोराड क्षेत्रका नागरिक र सीमावर्ती भारतीय नागरिकहरु महाकाली नदीमा झोलुंगे पुल नहुदा डुंगाको भरमा जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् । विभिन्न धार्मिक कार्य र अन्य व्यक्तिगत कामका लागि दुवै देशका नागरिक एक अर्को देशमा आवत जावत गर्ने भएकाले डुंगाकै जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रही आएको नागार्जुन मा.वि शर्मालीका प्रधानाध्यापक महामल सिंह साउदले बताउनु भयो । बर्षौ ंदेखि सीमावर्ती भारतीय क्षेत्रमा पारिवारिक र धार्मिक सम्बन्ध रहेकोले नागरिकहरु महाकाली नदीमा जोखिमपूर्ण यात्रा गरेर आवत जावत गर्ने गरेको उहाले बताउनु भयो ।

साउनको उर्लदो महाकालीमा जोखिमपूर्ण यात्रा गरेर भारतीय दर्शनार्थीहरु बैतडीमा रहेको देवताल बाबाको दर्शनका लागि पुग्ने गरेका छन् । झुलाघाट बाहेक अन्य क्षेत्रमा झोलुंगे पुल नहुदा सीमा क्षेत्रका नागरिकलाई समस्या हुने गरेको छ । अधिकांश भारतीयहरु धार्मिक स्थलहरुको दर्शनका लागि सीमावर्ती नेपालका गाउ पुग्ने गरेको भएपनि महाकाली नदीमा पुल नहुदा समस्या भएको छ ।

महाकाली नदीमा झोलुंगे पुल निर्माणका लागि दुवै देशका नागरिकले बेला बेला आग्रह गरेको भएपनि अहिले सम्म पुल बन्ने कुनै सुरसार भएको छैन् । खास गरेर भारतले पुल निर्माणका लागि सहमति नदिएको पञ्चेश्वर गाउपालिकाका अध्यक्ष गोरख बहादुर चन्दले बताउनु भयो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.