बैतडीमा कोरोना कोष स्थापना गरिने

बैतडीमा कोरोना संक्रमितहरुको संख्या बढ्दै गएपछि पहिलो पटक कोरोना कोष स्थापना गरिने भएको छ । कोरोना जोखिम नियन्त्रणका लागि जिल्लामा पाच लाख बराबरको कोष स्थापनाको तयारी भएको हो । प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीका अनुसार जिल्लाका प्रत्येक स्थानीय तह बाट रु ५० हजारका दरले जम्मा गरी पँच लाख बराबरको कोष स्थापना हुने भएको छ ।

यहा १० स्थानीय तह छन् । केही दिन अगाडि विपद् व्यवस्थापन समितिको बैठकले कोरोना कोष स्थापना गर्ने निर्णय गरेको हो । कोरोना सङ्क्रमितहरुलाई उपचारको दायरमा ल्याउन र उनीहरुलाई सम्बन्धित ठाउ सम्म पु¥याउन सहयोग गर्ने उद्देश्यले कोरोना कोष स्थापना गर्ने निर्णय भएको उहाको भनाइ छ । सङ्क्रमणको चौथो लहरको जोखिम बढि रहेकालाई पूर्वतयारी गर्न थालिएको हो । कोरोना कोष स्थापना गरेर त्यसको व्यवस्थापन गर्ने जिम्मा स्वास्थ्य कार्यालयलाई दिइएको छ ।
विपद् व्यवस्थापन समितिको बैठकले प्रत्येक स्थानीय तहमा होल्डिङ सेन्टर र आइसोलेसन, क्वारेन्टिन निर्माण गरिने, कोरोना विरुद्धको खोप लगाउन छुटेका नागरिकलाई खोपको दायरमा ल्याउने, जिल्लामा सञ्चालनमा रहेका एम्बुलेन्सहरुको लगत यथाशीघ्र जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिको सचिवालयमा पेस गर्ने निर्णय गरेको छ । यसैगरी प्रत्येक स्थानीय तहमा स्थानीय आपत्कालीन कार्य सञ्चालन केन्द्र स्थापना गर्ने निर्णय भएको छ । त्यसका लागि जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र र नेपाल रेडक्रस सोसाइटी सग समन्वय गरेर अघि बढ्ने समेत निर्णय भएको छ ।

भारत सग सीमा जोडिएको बैतडीमा हालसम्म तीन हजार तीन सय ६९ जनामा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ । कोरोनाकै कारण यहँ १९ जनाले ज्यान समेत गुमाइ सकेका छन् ।

सम्बन्धित

Comments are closed.