डडेल्धुरा अस्पतालमा १ सय ९ जनाको निःशुल्क शल्यक्रिया

डडेल्धुरा अस्पतालमा आयोजना भएको शिविरमा १ सय ९ जनाको निःशुल्क शल्यक्रिया गरिएको छ । सुषमा मेमोरियल अस्पताल काठमाडौंको प्राविधिक सहयोग, रुडुक डडेल्धुराको समन्वय र डडेल्धुरा अस्पतालको आयोजनामा भएको पँच दिने निःशुल्क शिविरमा बर्न इन्ज्युरी (आगोले पोलेको) बाट पीडित १ सय ९ जनाको निःशुल्क शल्यक्रिया भएको हो ।

शिविरमा ३ सय ७९ जनाको निःशुल्क स्वास्थ्य परीक्षण समेत भएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार जटिल समस्या भएका ६० जनालाई थप उपचारका लागि काठमाडौको सुषमा कोइराला मेमोरियल अस्पताल रेफर गरिएको छ । शिविरमा पहिचान भएका यी बिरामीको शल्यक्रिया निःशुल्क गरिने बताइएको छ । १७ गते देखि सुरु भएको शिविर आइतबार समापन गरिएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.