अनेरास्ववियु बैतडी द्धारा बढी भाडा असुल्ने व्यवसायीलाई कारवाही गर्नुपर्ने माग

अनेरास्ववियु बैतडीले चर्को सवारी भाडा असुल्ने व्यवसायीलाई कारवाही गर्नुपर्ने माग सहित ११ बुदे ज्ञापन पत्र जिल्ला प्रशासन कार्यालयमा बुझाएको छ । अनेरास्ववियु बैतडीका अध्यक्ष नरेन्द्र साउद द्वारा हस्ताक्षरित ज्ञापन पत्र मार्फत चर्को सवारी भाडा नियन्त्रण, शिक्षा क्षेत्रमा भएको वेथिति, कालोबजारी, पेट्रोलियम पदार्थमा भएको मुल्य वृद्धि र कालोबजारी, जाड रक्सी नियन्त्रण, सुरक्षा एवं बालिका बलात्कार घटनाका आरोपितलाइ कानूनी कारवाहीको माग गरिएको छ ।

ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले चर्को भाडा लगायतका सन्र्दभमा अन्य ठाउ बाट पनि गुनासो आएकोले यातायात व्यवसायिहरु संग बसेर यसको समाधान निकालिने बताउनु भयो । पेट्रोलियम पदार्थको विक्रि वितरण पनि पेट्रोल पम्प बाटै गराउनका लागि आगामी मंगलबार छलफल गरिने उहाले बताउनु भयो ।

सम्बन्धित

Comments are closed.