बजारमा महंगी अत्यधिक बढ्दा समेत सरकार मौन – सांसद चौधरी

सांसद शान्ता चौधरीले बजारमा महंगी अत्यधिक बढ्दा समेत सरकार टुलुटुलु हेरेर बसि रहेको आरोप लगाउनु भएको छ । आइतबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उहाले यस्तो बताएकी हुन् ।

मूल्य वृद्धिका कारण एक झोला सामान किन्न एक झोला रुपैया चाहिने अवस्था आएको उल्लेख गर्दै उहाले महंगी नियन्त्रण गरे गठबन्धन नरहने चिन्ताका कारण सरकार मौन बसेको आरोप लगाउनु भएको छ । कांग्रेस तथा गठबन्धनको खुला बजार अर्थ नीतिका कारण महंगी बढेको उनको बुझाइ छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.