भदौ ११ गते सम्म आफ्ना माग पूरा गर्न सरकारलाई अनुरोध – डा. गोविन्द केसी
यही भदौ ११ गते सम्म डा. गोविन्द केसीले आफ्ना माग पूरा गर्न सरकारलाई समय सीमा दिएका छन् । माग पूरा नभए भदौ १२ गते देखि सत्याग्रह सुरु गर्ने उहाले घोषणा गर्नु भएको छ । धरान पुगेका डा. केसीले शनिबार पत्रकार सम्मेलन गर्दै स्वास्थ्य र शिक्षा क्षेत्रमा व्यापक सुधार आवश्यक रहेको बताउनु भएको थियो ।
आफूले उठाएका ६ बुदे माग पूरा गर्न सरकारले पटक पटक सम्झौता गरेको, तर सम्झौता पूर्ण रूपमा कार्यान्वयन नगरेको उहाको भनाई छ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा हालै भएका दलीय भाग बन्डाको नियुक्ति खारेजी र भ्रष्टाचारको आरोप लागेका उपकुलपति डा. ज्ञानेन्द्र गिरीलाई बर्खास्त गर्न माग गर्नु भएको छ ।
स्वास्थ्य क्षेत्र सुधारको माग राखेर उनी देशका विभिन्न स्थानमा गरी १९ पटक सम्म अनशन बसि सकेका छन् । अनशन बस्नु पर्ने अवस्था आए २०औ सत्याग्रह स्थल कहा हुने भन्ने बारे खुलाउनु भएको छैन । डा. केसीले यस पटकको सत्याग्रहमा पनि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मुद्दालाई अघि सारेका छन् ।
प्रतिष्ठान र विश्व विद्यालयका पदाधिकारी नियुक्तिको मापदण्ड सहित ऐनको व्यवस्था गर्नुपर्ने, भाग बन्डाको आधारमा अनियमितता पूर्वक बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हालै गरिएका नियुक्ति तत्काल सच्याउनु पर्ने उहाको माग रहेको छ । उहाले यस अघिको सम्झौता अनुसार उदयपुर र डडेल्धुरामा पनि सरकारी मेडिकल कलेज निर्माणको काम अघि बढाउन माग गर्नु भएको छ ।
Comments are closed.