चार दिन देखि परेको अबिरल बर्षाको कारणले गर्दा नदीमा आएको बाढीले कञ्चनपुरको धार्मिक स्थल लिङ्गेश्वर धाममा कटान गरेको छ । बेदकोट नगरपालिकाको वडा नंं. ४ मा पर्ने बगुन नदीमा आएको बाढीले धार परिवर्तन गरी लिङ्गेश्वर धाम तर्फ बढी क्षति गरेको छ ।
समयमै नदीमा आएको बाढीलाई नियन्त्रण गर्न नसके करोडौं रकम खर्च गरेर निर्माण गरिएको लिङ्गेश्वर धामको भौतिक संरचना बाढीले बगाउन सक्ने कुरा बेदकोट नगरपालिकाका पुर्व नगर प्रमुख अशोक कुमार चन्दले बताउनु भएको छ । लिङ्गेश्वर धाम आन्तरिक तथा बाह्यि पर्यटकहरुको लागि गन्तब्यको रुपमा परिचित छ ।