बैतडामा रहेको सार्कीपार्की टोल जोगाउन तटबन्ध गरिदै

कञ्चनपुरको बेदकोट नगरपालिका वडा नं. ४ बैतडामा रहेको सार्कीपार्की टोल जोगाउन तटबन्ध निर्माणको काम थालिएको छ । श्रावण १८ गते चौधर नदीमा आएको बाढीले कटान गरेको क्षेत्रमा तटबन्ध निर्माण थालिएको हो ।

नदीमा आएको बाढीले स्थानीय क्रिसन भुलको परिवार विस्थापित भएको थियो भने अन्य करिब १ दर्जन घर बाढीको जोखिममा परेका थिए । बर्षादको समय अझै बाकी भएकोले थप क्षती हुन बाट जोगाउन अस्थाई रुपमा तटबन्ध निर्माणको काम थालिएको स्थानीय राजुराम भुलले जानकारी दिनु भयो ।

जस अन्तरगत सशस्त्र प्रहरी बल शैलेश्वरी गणको सहयोगमा करिब १ हजार ५ सय कठ्ठामा माटो भरेर तटबन्ध निर्माणको काम सुरु गरिएको छ । तठबन्ध निर्माणको लागि जनताको तटबन्ध कार्यालय महेन्द्रनगरले कठ्ठा उपलब्ध गराएको स्थानीय राजुराम भुलले बताउनु भयो ।

सम्बन्धित

Comments are closed.