प्रतिनिधिसभाले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा विरुद्ध दर्ता भएको महाअभियोग सिफारिस समितिमा पठाएको छ । आइतबार प्रस्ताव माथि छलफल गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले राखेको महाअभियोग सिफारिस समितिमा पठाउने प्रस्ताव संसदले बहुमतले पास गरेको छ ।
जबरा विरुद्ध १ फागुनमा महाअभियोग दर्ता भएको थियो । सिफारिस समितिमा पठाउनु अघि आइतबार प्रतिनिधिसभामा महाअभियोग प्रस्ताव माथि सांसदहरुले छलफल गरेका थिए ।
Comments are closed.