बेदकोट र भीमदत्त नगरपालिकाले छाडा पशु चौपाया व्यवस्थापन गर्ने

कञ्चनपुरको बेदकोट र भीमदत्त नगरपालिकाले छाडा पशु चौपाया व्यवस्थापन गर्नका लागि संयुक्त रुपमा पहल शुरु गरेका छन् । छाडा चौपाया व्यवस्थापनका लागि विभिन्न सरोकारवाला संग छलफल, गौशाला बनाउन जग्गा खोजी र अध्ययन अनुसन्धानका लागि भ्रमण समेत गरि रहेका छन् ।

भिमदत्तका नगर प्रमुख पदम बोगटी, नगर उप प्रमुख निलम लेखक जोशी, बेदकोट नगरपालिकाका नगर उप प्रमुख तुलसी जोशी, प्रमुख प्रशासकीय अधिकृत सहित नगरपालिकाका कर्मचारी छाडा चौपाया व्यवस्थापन सम्बन्धी अध्ययनका लागि बर्दियाको बारबर्दिया नगरपालिका – ९ कतर्निया स्थित गौ सेवा केन्द्र पुगेर छाडा चौपाया व्यवस्थापन सम्बन्धी जानकारी लिएका छन् ।
बेदकोट नगरपालिकाले केही दिन अघि नगर उप प्रमुख तुलसी जोशीको अध्यक्षतामा छाडा पशु चौपाया व्यवस्थापनका लागि कार्यदल बनाएको थियो । यी दुई स्थानीय तहले चौपाया व्यवस्थापनमा सहकार्यका लागि छलफल अघि बढाएका छन् ।

भिमदत्त नगरपालिकाका प्रवक्ता महेन्द्र खड्काले संघ र प्रदेश सरकार बाट छाडा पशु चौपाया व्यवस्थापनका लागि बजेट आएको बताउनु भयो । बेदकोट नगरपालिकाकाले नगर उप प्रमुख जोशीको संयोजकत्वमा कार्यदल गठन गरी छाडा पशु चौपाया व्यवस्थापन अघि बढाएको छ ।
नगर उप प्रमुख जोशी नेतृत्वको टोलीले चौपाया व्यवस्थापनका लागि बैतडा स्थित बालज्योति माध्यमिक विद्यालयको जग्गालाई भाडामा लिने तयारी गरेको छ ।

छाडा चौपाया व्यवस्थापनका लागि भीमदत्त नगरपालिका र बेदकोट नगरपालिकाले यस अघि गौ संरक्षण अभियानका अभियान्ता योगी पिताम्बर, सूदूरपश्चिम प्रदेश कृषि तथा सहकारी मन्त्रालयका सचिव, लामो समय देखि चौपाया व्यवस्थापन र घाइते चौपायाको उपचार गर्दै आएको आई केयर यू का अध्यक्ष लगायत संग भेटघाट गरि सकेका छन् ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.