सुदूरपश्चिमको पहाडी समुदायमा गौरा एकादशी पर्व मनाए

सुदूरपश्चिमको पहाडी समुदायमा सोमबार गौरा एकादशी पर्व मनाएका छन् । हरेक बर्षको साउन शुक्ल एकादशीलाई गौरा एकादशी पर्वको रुपमा मनाउने गरिएको छ । सोमबार आजको दिन गौरा उपासना गर्ने महिलाहरु ब्रत बस्ने गर्दछन् । गौरा पर्व उपासना गर्ने ब्रतालु महिलाहरुले गौरा एकादशीको ब्रत बस्नु पर्ने नियम रहेको शास्त्रले बताएको छ ।

गौरा उपासना गर्ने महिलाहरुले सोमबार आज ब्रत बसेर सँझको समयमा पूजाआजा गर्ने चलन रही आएको छ । गौरामा दुव धागो धारण गर्ने ब्रतालु महिलाहरुले गौरा एकादशी बाटै गौरा पर्व शुरुवात भएको मान्ने गरेका छन् । हरेक बर्ष भाद्र शुक्ल अथवा कृष्ण पक्षको पञ्चमी तिथी बाट गौरा पर्व शुरु हुने गर्दछ । त्यो भन्दा अगाडी साउन शुक्ल एकादशीलाई गौरा एकादशीको रुपमा ब्रत बस्ने चलन रही आएको हो ।

भाद्र शुक्ल पक्षमा परेको गौरालाई उजेली गौरा र भाद्र कृष्ण पक्षमा परेको गौरालाई अँधेरी गौरा भन्ने चलन रही आएको छ । यो बर्ष भाद्र शुक्ल पक्षमा गौरा परेको छ । पहिलो पटक गौरा पर्वको ब्रत बस्ने महिलाहरुले उजेली गौरामा ब्रत बस्न उपयुक्त हुने बताइएको छ । सुदूरपश्चिमका बैतडी, दार्चुला, डोटी, डडेल्धुरा, बझाङ लगायतका जिल्लाहरुमा गौरा पर्व मनाउने चलन रही आएको छ । तराईका जिल्लाहरुमा पनि पहाडी समुदायहरुले गौरा पर्व मनाउने गरेका छन् ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.