डडेल्धुरामा सडक मर्मत सुरु
डडेल्धुरामा सडक मर्मत सुरु गरिएको छ । महाकाली राजमार्ग अन्तर्गत पर्ने डडेल्धुरा सदरमुकामको सडक मर्मत शुरु गरिएको हो । सडक डिभिजन कार्यालय डोटीले जिल्ला सदरमुकामको बागबजार देखि किर्तीपुर सम्मको सडक मर्मत सुरु गरेको हो । सडक डिभिजन कार्यालयले आफ्नै जनशक्ति प्रयोग गरेर सडक मर्मत सुरु गरेको कार्यालयका इन्जिनियर योगेन्द्र अधिकारीले बताउनु भयो ।
‘महाकाली राजमार्ग मर्मतका लागि सडक डिभिजन कार्यालय डोटीले ४० लाखको लागत इस्टिमेट पास गरेको उहाले बताउनु भयो । महाकाली राजमार्ग अन्तर्गत डडेल्धुराको सडक मर्मतका लागि यसअघि सडक डिभिजन कार्यालयले युसुफ कन्ट्रक्सन संग ठेक्का सम्झौता गरेको थियो ।
सम्झौता अनुसार गत असारमै मर्मतको काम सम्पन्न हुनुपर्ने हो । तर चैत सम्म म्याद थप गर्दा पनि युसुफ कन्ट्रक्सनले काम सुरु नगरेपछि सडक डिभिजन कार्यालय आफैले मर्मत थालेको जनाएको छ । महाकाली राजमार्ग अन्तर्गत आनरखोली तर्फ भने उन्नती निर्माण सेवाले मर्मतको काम गरि रहेको छ ।