बैतडीमा असोज १ गते देखि टी–२० क्रिकेट प्रतियोगिता हुने

बैतडीको पाटनमा असोज १ गते देखि दोस्रो पिपिएल खुल्ला पुरुष टी–२० क्रिकेट प्रतियोगिता हुने आयोजक पाटन क्रिकेट क्लबले जनाएको छ । प्रतियोगिताको पहिलो पुरस्कार १ लाख ११ हजार १११ नगद सहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ । दोस्रो हुनेले पुरस्कार बापत ५५ हजार ५ सय ५५ नगद सहित प्रमाणपत्र पाउने छन् ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने एक जना खेलाडीलाई म्यान अफ द सिरिज पुरस्कार स्वरुप ११ हजार १११ रुपैयँ नगद र प्रमाणपत्र प्रदान गरिने पाटन क्रिकेट क्लबका सचिव खेमराज अवस्थीले बताउनु भयो । बेस्ट ब्याट्स म्यान र वेस्ट बलरलाई जनही ५ हजार ५५५ नगद सहित प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । उदीयमान खेलाडीलाई १ हजार १११ र प्रत्येक खेलका म्यान अफ द म्याच खेलाडी घोषणा गरी ५ सय ५५ रुपैया सहित ट्रफी प्रदान गरिनेछ ।

प्रतियोगितामा देशभरका जुनसुकै टोलीले पनि सहभागिता जनाउन सक्ने छन् र प्रतियोगितामा सहभागिता जनाउन भाद्र ३० गते सम्म टिम दर्ता गर्नु पर्ने छ । टिम दर्ताका लागि शुल्क ११ हजार १ सय ११ रुपैयँ तोकिएको छ । पाटन नगरपालिका – ६ मा रहेको कृष्ण मा.वि.को खेलमैदानमा हुने राउण्ड रोबिनका आधारमा खेलाइने लिग चरणका खेल १५ ओभरका हुने छन् भने क्वार्टर फाइनल पछिका खेलहरू २० ओभरमा खेलाइने जनाइएको छ । प्रतियोगिता आयोजनामा बैतडी युवा समाज र पाटन स्टार युवा क्लबले सहकार्य गरेका छन् ।

सम्बन्धित

Comments are closed.