खेलाडीलाई पेन्सन दिनुपर्ने– राष्ट्रियसभा सदस्य दुर्गा कुमारी गुरुङ

राष्ट्रियसभा सदस्य दुर्गा कुमारी गुरुङले खेलाडीहरूलाई पनि पेन्सन दिने व्यवस्था मिलाउन सरकार संग माग गर्नु भएको छ । नेपाली कांग्रेसकी सांसद गुरुङले सोमबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उमेर हदको व्यवस्था गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सम्मान पाएका खेलाडीहरूलाई पेन्सन दिने व्यवस्था गर्न माग गरेकी हुन् ।

शिक्षक, कर्मचारीहरूलाई जस्तै खेलाडीलाई पनि पेन्सन दिने व्यवस्था गर्न उनको माग छ । उहाले सबै उमेर समूहका नागरिकलाई खेल खेल्ने व्यवस्था मिलाउन सरकारको गम्भीर ध्यानाकर्षण गराउनु भएको छ । खेलकुद क्षेत्रको विकासले मुलुकको विकास र समृद्धि हुने तथा नागरिकहरू पनि स्वस्थ हुने भएकाले त्यस क्षेत्रको विकासमा सरकारले विशेष ध्यान दिनुपर्ने उहाको भनाइ थियो ।

सांसद गुरुङले युवाहरूलाई सही बाटोमा ल्याउन खेलकुद क्षेत्रमा उनीहरूको सहभागिता गराउन सरकारले ध्यान दिनुपर्ने आवश्यक्ता औंल्याउनु भएको छ । सांसद गुरुङले युवाहरूलाई परिचालन गरी देशको विकास गर्नुपर्ने आवश्यक्ता भए पनि सरकारले सोही अनुसारको नीति, कार्यक्रम र बजेट ल्याउन नसकेको गुनासो समेत गर्नु भएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.