यात्रुहरु संग मनपरी भाडा असुल – अनुगमन गर्न सरकारलाई निर्देशन

संसदीय समितिले सार्वजनिक यातायातले यात्रुहरु संग मनपरी भाडा असुल गरेको विषयमा तत्काल संस्थागत संयन्त्र बनाई अनुगमन गर्न सरकारलाई निर्देशन दिएको छ । सोमबार प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिले नारायणघाट – मुग्लिन र मुग्लिन – पोखरा सडकको वर्तमान कार्यप्रगतिको विषयमा योजना प्रमुख र भौतिक यातायात मन्त्री सगको छलफलपछि समिति सभापति कल्याणी कुमारी खड्काले यस्तो निर्देशन दिएकी हुन् ।

उनले सडक सीमा अतिक्रमण गरी सडक सीमा भित्र बनाएका घर टहरा तत्काल हटाउन पनि सरकारलाई निर्देशन दिएकी छिन् । सभापति खड्काले देशका मुख्य सडकहरुमा बाढी पहिरोको कारण बन्द रहेका सडकमा तत्काल पहिरो हटाउन पनि निर्देशन दिएकी छिन् ।

उनले राष्ट्रिय गौरव तथा अन्य राष्ट्रिय स्तरका सडकहरुको निर्माण तथा स्तर उन्नतीको काममा भइरहेको ढिला सुस्ति तथा न्यून कार्यप्रगति लाई ध्यानमा राखि निर्माणाधिन नारायणघाट–मुग्लिन र मुग्लिन–पोखरा सडक स्तर उन्नतीको कार्य निर्धारित समयमा निर्माण सम्पन्न गर्न निर्देशन दिएकी छिन् । वातावरण, प्रविधिमैत्री र गुणस्तरीय विकास निर्माण सहित दीर्घकालीन समाधान सहितको विकास निर्माणको विषयमा तत्काल अध्ययन गरी कानून ल्याउन सभापति खड्काले सरकारलाई निर्देशन दिएकी छिन् ।

सम्बन्धित

Comments are closed.