देशभरीका नायव सुब्बा कर्मचारीहरु आन्दोलित

बजेट घोषणा विपरीत असमान ढंगले कर्मचारीहरुको तलब वृद्धि गरेको भन्दै तल्लो तहका कर्मचारी आन्दोलित भएका छन् । आन्दोलनको कार्यक्रम अनुसार नायव सुब्बा कर्मचारीले मंगलबार बिदामा बस्ने घोषणा गरेका छन् । देशभरीका नायव सुब्बा कर्मचारीहरुले बिदा बस्ने निर्णय गरेको निजामती कर्मचारी युनियनका सचिव प्रकाश भट्टराईले बताउनु भयो ।

असमान तलब वृद्धि र निजामती सेवा ऐनको विषयमा नायव सुब्बा कर्मचारी आन्दोलित हुदै आएका छन् । उनीहरुले शाखा अधिकृत तहमा पदपूर्ति गर्दा खुला तर्फ ५० तथा बढुवा ३० र आन्तरिक÷अन्तर तह तर्फ प्रतिस्पर्धामा २० प्रतिशत कायम गर्नुपर्ने माग गरेका छन ।

सम्बन्धित

Comments are closed.