अखिल नेपाल सुकुम्बासी संघले ज्ञापन पत्र बुझायो

अखिल नेपाल सुकुम्बासी संघ जिल्ला समिति कञ्चनपुरले पा“च बुदे माग राखी जिल्ला प्रशासन कार्यालय लगायत ५ वटा निकायमा ज्ञापन पत्र बुझाएको छ । भुमिहिन, सुकुम्बासी, दलित अब्यबस्थीत बसोबासीको पहिचान गरी यथासिघ्र लगत निस्सा बितरण गरी जग्गाधनी प्रमाण पुर्जा बितरण गर्नु पर्ने, राष्ट्रिय भुमि

आयोगको कार्य निर्देशिका त्इच् अनुसार भुमि समस्या समाधान गरिनु पर्ने लगायत पा“च वटा माग राखी भिमदत्त नगरपालिकाको कार्यालय, भिमदत्तकै वडा नंं.१८ को कार्यालय, राष्ट्रिय भुमि आयोग कञ्चनुर र राष्ट्रिय भुमि आयोग केन्द्रिय समिति सिहदरबार काठमाडौमा सुकुम्बासी संघले ज्ञापन पत्र बुझाएको जनाएको छ ।

भुमि सम्बन्धि समस्या समाधानका लागि बिगतका आयोगले सुकुम्बासी फारम मात्र भरेर राख्ने तर कार्यान्वयन अहिले सम्म नगरेको प्रति अखिल नेपाल सुकुम्बासी संघले आपत्ति जनाएको छ । भिमदत्त नगरपालिका वडा नं.१८ र अन्य वडाहरुमा बिगत लामो समय देखि टहरा बनाई त्रिपाल मुनी अझै पनि भुमिहिन सुकुम्बासीहरु कष्टकर जीबन बिताउन बाध्य भएका छन् ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.