शुक्लाफाटा आरक्ष पिडितले जानकारी पत्र बुझाए

शुक्लाफाटा आरक्ष पिडित जिल्ला संघर्ष समिति कञ्चनपुरले सोमबार जिल्ला प्रशासन कार्यालयमा जानकारी पत्र बुझाएको छ । संघर्ष समितिका अध्यक्ष कर्ण बहादुर चन्दले हस्ताक्षर गरेको जानकारी पत्रमा कम्तीमा दश कठ्ठा जमिन, उठिबास गर्दा जलाएका घरगोठको ब्यबस्था र २० बर्षको हुन आउने क्षतिपुर्ति गरी तीन बुदे माग अघि सारेको छ ।

शुक्लाफाटा आरक्ष पिडितहरुको समस्या समाधानका लागि गठन भएको ३१औ कार्यदल पनि छानबीनकै अवधारणा ल्याएको प्रति पिडितहरुले आपत्ति जनाएका छन् । आरक्ष पिडितहरुले सिधा जनताको माग सम्बोधन गर्नु पर्ने माग गर्दै आएका छन ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.