लंका प्रिमियर लिग एल पी एल अब नयँ मितिमा हुने

नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने आबद्ध भएको लंका प्रिमियर लिग –एल पी एल) अब नयँ मितिमा हुने भएको छ । श्रीलंका क्रिकेट (एस एल सी) ले लिग आगामी डिसेम्बर ६ देखि २३ सम्म हुने जनाएको छ । यसअघि एल पी एल आगामी अगष्ट १ देखि ३१ सम्म हुने तय थियो ।

तर श्रीलंकामा पछिल्लो समय देखिएको आर्थिक संकटका कारण प्रतियोगिता स्थगित गरिएको थियो । तेस्रो संस्करणको एल पी एलका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान लामिछाने दम्बुला जायन्ट्समा अनुबन्ध भएका छन् । उनलाई दम्बुलाले ४० हजार डलरमा विदेशी कोटामा राखेको हो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.