महेन्द्रनगर । कञ्चनपुरमा रहेको महाकाली प्रादेशिक अस्पतालमा छाला रोग विशेषज्ञ सेवा सुरु भएको छ । सोमवारदेखी अस्पतालमा छाला रोग विशेषज्ञ सेवा सुरु भएको हो ।

महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णानन्द भट्टले डा.दिपक राज पन्तले सेवा सुरु गरेको जानकारी दिनु भयो । अस्पतालमा छाला रोग विशेषज्ञ सेवा नहुँदा यहाँका विरामीले अन्यत्र जानुपर्ने बाध्यता रहेको र यहाँका स्थानीयले महाकाली अस्पतलाबाटै छाला रोग विशेषज्ञ सेवा लिन सक्ने अध्यक्ष भट्टले बताउनु भयो ।
उहाका अनुसार अस्पतालले विशोषज्ञ सेवा थप गर्दै जाने उल्लेख गर्नु भयो । पछिल्लो समय अस्पतालमा विशेषज्ञ चिकित्सकहरुले स्वास्थ्य सेवा प्रदान गर्नुका साथै जटिल प्रकारका शल्यक्रिया समेत सहज रुपमा गरिरहेको पनि अध्यक्ष भट्टले बताउनु भयो ।
हाल अस्पतालले हाल हाडजोर्नी विशेषज्ञ,जनरल सर्जन, स्त्री रोग विशेषज्ञ, बालरोग विशेषज्ञ, नाक कान घाँटी रोग विशेषज्ञ,छाला रोग विशेषज्ञ, एनेस्थेसियोलोजिस्ट, एमडिजीपी, र रेडियोलोजिस्ट सेवा उपलब्ध गराउदै आएको छ ।
Comments are closed.