भारतमा कोरोना भाइरस कोभिड १९ बाट सङ्क्रमित हुनेको सङ्ख्या २० हजार नाघेको छ । भारतको परिवार एवं केन्द्रीय स्वास्थ्य कल्याण मन्त्रालयका अनुसार अहिलेसम्म २० हजार १ सय ११ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।
कोरोनाका कारण भारतमा ६ सय ४५ जनाको ज्यान गएको छ भने स्वास्थ्य मन्त्रालयको वेबसाइटका अनुसार सङ्क्रमितमध्ये तीन हजार ९ सय ७५ जना उपचारपछि निको भएका छन् ।
साथै भारतमा कोरोना परीक्षणका लागि प्रयोग हुने र्यापिड डायग्नोस्टिक टेस्ट ९आरडीटी० बाट सही नतिजा नआएपछि दुई दिनका लागि आरडीटीबाट गरिने कोरोना परीक्षण रोक्न भनिएको छ । एक पटक किटको जाँच गरिने र त्यसपछि मात्र परीक्षणको अनुमति दिने बताइएको छ ।
Comments are closed.