भीमदत्तका उपप्रमुख लेखकको सक्रियतामा बजार क्षेत्र सरसफाई र चिटिक्क हुने

महेन्द्रनगर । नेपालीहरुको महान पर्व दशैँ तिहार आँगनमा आएको बेलामा आफनो वरपर बजार क्षेत्रलाई सरसफाई गर्नु सबैको कर्तव्य हुन्छ । त्यही विषयलाई मध्य नजर गर्दै कञ्चनपुरको भीमदत्त नगरपालिकाले अबदेखी जथाभावी फोहर गर्नेलाई कानुन बमोजिम कारवाही गर्ने भएको छ ।

आईतवार भीमदत्त नगरपालिकाका कार्यवाहक नगर प्रमुख निलम लेखकले दशैँ, तिहार एव छठका बेला बजार क्षेत्र चिटिक्क सरसफाई गर्न कर्मचारीलाई निर्देशन दिनु भएको छ । आइतबार सरसफाई शाखा कर्मचारी, नगर प्रहरी सहितका कर्मचारीसंग भएको बैठकमा कावा मेयर समेत रहेकी उपप्रमुख लेखकले दशैँ, तिहार एव छठका बेला बजार क्षेत्र चिटिक्क सरसफाई गर्न कर्मचारीलाई निर्देशन दिनु भएको हो ।

उपप्रमुख लेखकको सचिवालयका अनुसार चार्डवार्डका बेला बजार दुर्गन्धित नभई चिटिक्क आकर्षण सरसफाई गर्न कर्मचारीलाई निर्देशन दिनु भयो । बजारमा अनाधिकृत रुपमा फोहोर गर्ने माथि कानुनी कार्बाही गर्न समेत गर्न पछि नहटन पनि बताउनु भयो ।

कसैले पनि सडकमा सार्वजनिक क्षेत्रमा फोहर फालेको पाएमा कानुन बमोजिम कारवाही गर्न निर्देशन दिनु भएको छ । बैठकमा प्रमुख प्रशासकीय अधिकृत महेश बहादुर बम, वडा नम्वर ११ का वडा अध्यक्ष प्रकाश थापा, वडा नम्वर ४ का अध्यक्ष सुशिल भट्ट, पालिकाका प्रवक्ता पदमराज अवश्थी,वडा नम्वर १८ का वडा अध्यक्ष, रविन्द्र प्रशाद देवकोटा सहितका कर्मचारीको उपस्थिति रहेको थियो ।

सम्बन्धित

Comments are closed.