महेन्द्रनर । कञ्चनपुरमा प्रत्येक शनिबार आयोजना हुने महेन्द्रनगर भजन साँझले धार्मिक आस्था, सकारात्मक सोच र सामाजिक सद्भावको सन्देश प्रवाह गरिरहेको छ। पछिल्लो समय भजन तथा कीर्तनप्रति मानिसहरूको आकर्षण बढ्दै गएको अवस्थामा नियमित रूपमा सञ्चालन हुँदै आएको भजन साँझले समाजमा आध्यात्मिक चेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ।
शनिबारको दिन आयोजना हुने भजन साँझमा विभिन्न उमेर समूहका व्यक्तिहरूको सहभागिता रहने गरेको छ। भजन, कीर्तन र धार्मिक संगीतका माध्यमबाट सहभागीहरूले मनोरञ्जनसँगै आध्यात्मिक आनन्द प्राप्त गर्ने गरेका छन्।
व्यस्त दैनिकी, तनाव र विभिन्न सामाजिक विकृतिबाट टाढा रही केही समय भगवानको भक्ति तथा सत्कर्ममा बिताउन भजन साँझले प्रेरित गरिरहेको महेन्द्रनगर भजन साँझकी संचालिका सदस्य भीमदत्त नगरपालिका ११ भुजेलाकी बिमला जोशीले जानकारी दिनुभयो ।
पछिल्लो समय युवा पुस्तामा बढ्दै गएको कुलत र पश्चिमा संस्कृतिको प्रभावलाई न्यूनीकरण गर्न क्लबले प्रत्येक शनिबार बेलुका भजन साँझ सञ्चालन गर्दै आएको उहाँले जानकारी दिनुभयो भजन साँझ केवल धार्मिक कार्यक्रम मात्र नभई समाजमा आपसी सद्भाव, एकता, प्रेम, सहयोग र भाइचाराको भावना विकास गर्ने साझा मञ्चसमेत बन्दै गएको उहाँले बताउनु भयो ।
भजनका माध्यमबाट मानिसलाई असल कर्म गर्न, सकारात्मक सोच राख्न, ज्येष्ठ नागरिकको सम्मान गर्न तथा समाजमा शान्ति र सद्भाव कायम राख्न प्रेरित गर्ने प्रयास भइरहेको छ।
विशेषगरी युवा पुस्तालाई आफ्नो धर्म, संस्कृति, परम्परा र मौलिक पहिचानसँग जोड्न पनि यस्ता कार्यक्रमले सहयोग पुर्याउने विश्वास गरिएको छ। आधुनिक जीवनशैलीका कारण विस्तारै ओझेलमा पर्दै गएका भजन तथा कीर्तन संस्कृतिको संरक्षण र पुस्तान्तरणमा समेत भजन साँझ प्रभावकारी माध्यम बन्न सक्ने देखिन्छ।
यसरी प्रत्येक शनिबार आयोजना हुँदै आएको भजन साँझले धार्मिक तथा सांस्कृतिक गतिविधिलाई निरन्तरता दिँदै समाजमा सकारात्मक विचार, नैतिक मूल्य र आध्यात्मिक चेतनाको सन्देश प्रवाह गरिरहेको छ। ”युवाहरूलाई धार्मिक कार्य र परम्परागत मौलिक भजनमा सरिक गराएर आफ्नो संस्कृतिको संरक्षणका लागि पहल गरिएको छ ।
सबैलाई भक्तीमय बनाउन जेन्जी पुस्तालाई समावेश गरेर पुराना पुस्ताबाट बाध्यकला र भजन गाउन सिक्ने तथा मौलिक संस्कृतिलाई आउने पुस्ता समक्ष पुर्याउने उद्देश्य रहेको छ,
यस्तै पछिल्लो समय युवा पुस्तामा देखिएको लागू औषध दुर्व्यसनी र अनावश्यक रुपमा मोबाइल हेर्ने, जस्ता ुलतलाई हटाएर भक्तीभावमा समावेश गर्ने पनि हाम्रो उद्देश्य हो ।”संचालिका जोशीको भनाई रहेको छ ।
Comments are closed.