महेन्द्रनगर । नेकपा एकिकृत समाजवादीका केन्द्रिय अध्यक्ष एवम पूर्व प्रधानमन्त्री माधव नेपालले अहिलेको राजनिती मौसम जस्तै भएको टिप्पणी गर्नु भएको छ । शनिवार कञ्चनपुरको बेदकोट नगरपालिका–८ गैलनदी गाउँमा राष्ट्रियस्तरको बुद्धिचाल प्रतियोगिताको उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले छिनछिनमा मौसम परिवर्तन भएजस्तै अहिलेको राजनिती अवस्था रहेको बताउनु भयो ।
‘विहानको मौसम हेरेर घाम लाग्ला भन्यो, पानी पर्न थाल्छ, पानी पर्छ भन्यो, चर्काे घाम लाग्न थाल्छ यही अवस्थामा अहिलेको राजनिती रहेको छ’ । यो पार्टी त टिक्छ भन्यो टिक्दैन, अलि वर्ष लामो जाला भन्यो जाँदैन, पाँच वर्षसम्म पनि टिक्दैन टिक्नै गारो छ, नेपालको मौसम परिपर्वत जस्तै यो अवस्था राजिनितीमा पनि लागु भएको छ । धेरै लामो एकैनाशको अथवा टिक्न नसक्ने अवस्थामा रहेको यो राजनितीले छिनछिनमा परिवर्तन भईरहेको बताउनु भयो । साथै उहाँले जनतालाइ विश्वास दिन पनि नसकिरहेको जिकिर गर्नु भयो ।
जनताहरुको समस्याहरु समाधान गर्न नसकेर सम्बोधन गर्न नसकेर अहिले विश्वास पनि कम भएको बताउनु भयो । प्रत्येक नगरपालिकाले गाँउपालिकाले वडाले जनताहरुको काममा समस्यामा काम लाग्ने गरी आ आफनो ठाँउबाट जनताको सेवामा समर्पित हुनु पर्ने बताउनु भयो । साथै खेलकुदमा जित्ने र हार्ने कुराहरु भईरहने भएकाले सबैले अनुसासनमा रहेर खेलकुदमा भाग लिनुपर्ने बताउनु भयो ।
हार्नेले आत्तिनुपर्ने, निराश हुनुपर्ने झगडा गर्नु पर्ने काम कदापी नगरी, हार पछी जित हुन्छ भन्ने मानकिता बनाएर अघी बढन आग्रह गर्नु भयो । पुर्व प्रधानमन्त्री नेपालले विचार गरेर मात्रै बोल्नुपर्नेदेखि, काम गर्नुपर्ने सरकारलाई ईङगित गरेका छन । पुर्व प्रधानमन्त्री नेपालले उपलब्ध स्रोत साधनको सदुपयोग गर्दै धार्मिक पर्यटन बृद्धि विकासबाट अर्थतन्त्र बलियो बनाएर सम्बृद्धिमा जोडदिएका छन ।
उनले खेलकुद क्षेत्रको बृद्धि विकासका लागि तीनै सकरार गम्भिर हुनुपर्ने बताएका छन । कार्यक्रमका बिशिष्ठ अतिथि समेत रहेका नेपाली काँग्रेस केन्द्रीय सदस्य तथा पुर्व पराष्ट्रमन्त्री एनपी साउदले समाजवादीसंग चुनावमा बेला एकै भए फेरी सहकार्यको यात्रा संगै हुने संकेत गरेका छन ।
७ कार्तिकसम्मै संचालन हुने उक्त प्रतियोगिता पहिलो पटक सुप प्रदेशमा हुन लागेको छ । बेदकोट नगरका प्रमुख भोजराज बोहराले राष्ट्रिय स्तरको कार्यक्रम आफ्नै पालिकामा संचालन गरिएको भन्दै आयोजकप्रति आभार प्रकट गर्दै पालिकाबाट आवश्यक सहयोग गर्ने बचन दिए ।
कार्यक्रमको अध्यक्षता समेत ग्रहण गरेका बेदकोट नगरपालिका ८ का वडाध्यक्ष महेश राज जोशीले बहुआयामिक व्यक्तित्वहरुको वडा बेदकोट नगरपालिका ८ भएकाले राष्ट्रिय स्तरकै प्रतियोगिता सम्पन्न गर्न लागेको बताए । उद्घाटनकै दिनदेखि शुरु भएको प्रतियोगितामा ७५बढि खेलाडीहरु सहभागि रहेका छन। नेपाल बुद्धिचाल महासंघ, काठमाडौं स्पोर्टस् एकेडेमी र बेदकोट नगरपालिका वडा नम्बर ८ को संयुक्त आयोजनामा प्रतियोगिता हुन लागेको हो ।
एकेडेमीका अध्यक्ष तथा संयोजक नारायणदास गमालले एकैपटक प्रथम राष्ट्रिय ब्लिट्ज, दोस्रो राष्ट्रिय ¥यापिड र तेस्रो नेकोस राष्ट्रव्यापी फिडे रेटिङ बुद्धिचाल प्रतियोगिता हुन लागेको बताए । तेस्रो नोकोस क्लासिकल खेल ६० मिनेट, प्लस ३० सेकेन्ड प्रतिचालको ९ राउन्ड हुनेछ।
यस्तै ¥यापिड स्विस लिगअनुसार १५ मिनेट प्लस १० सेकेन्ड प्रतिचालको ९ राउन्ड र ब्लिट्ज स्विस लिगकै ३ मिनेट प्लस २ सेकेन्ट प्रतिचालको ९ राउन्डमा हुनेछ। ब्लिट्जतर्फका विजेताले २५ हजार रुपैयाँ हात पार्नेछन् । दोस्रो राष्ट्रिय ¥यापिडका विजेताले ३० हजार र तेस्रो नेकोसका च्याम्पियनले ६० हजार रुपैयाँ हात पार्नेछन्। समग्रमा ६५ खेलाडीलाई चार लाख ७० हजार रुपैयाँ विजेता धनराशि रहेको छ ।
Comments are closed.