महेन्द्रनगर । आदर्श कप भेट्रान पूरुष फुटबल प्रतियोगिता २०८१ को चौथो दिनको खेलमा दोधारा चादनी नगरपालका र वेदकोट नगरपालिका विजी भएका छन् । मंगलवारको पहिलो खेलमा दोधारा चादनी नगरपालिकार उद्योग वाणिज्य संघ विच भएको थियो।
उक्त खेलमा दोधारा चादनीले उद्योग वाणिज्य संघलाई ६ गोल प्रहार गरेको थियो भने उद्योग वाणिज्य संघले त्यसको बदलामा २ गोलमा चित्त बुझाउनु पय्रो । यस्तै दोस्रो खेलमा वेदकोट नगरपालिका र आदर्श नेपाल विच भएको थियो, उक्त खेलमा वेदकोट नगरपालिका टिमले ३ गोल हानेर जितलाई आफनो पोल्टामा पार्न सफल भएको छ ।
उसको प्रतिद्धन्दी आदर्श नेपालले एक गोल पनि फर्काउन सकेन । बुधवार आज भीमदत्त नगरपालिका र दोधारा चादनी नगरपालिका विच खेल हुनेछ भने सोही दिन अर्काे खेल भीमदत्त नगरपालिका ४ र निर्माण व्यवसायी संघ विच हुने भएको छ ।
आदर्श कप भेट्रान पूरुष फुटबल प्रतियोगिता २०८१ मा प्रथम हुने टिमलाई ३१ हजार नगद सहित प्रमाणपत्र मेडल,ट्रफी दोस्रो हुने टिमलाई नगद २१ हजार सहित प्रमाणपत्र मेडल,ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ । यसैगरी, बेस्ट किपर, बेस्ट डिफेन्डर मिड फिल्डर, स्टाईकर र गोलकिपरलाई पनि ट्रफी दिने र प्रत्येक म्याचमा म्यान अफ द म्याच दिने व्यवस्था पनि रहेको आयोजकले जनाएको छ ।
Comments are closed.