महेन्द्रनगर । मझगाउँ विमानस्थल पुनः संचालन समितीले उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीलाई ज्ञापन पत्र बुझाएका छन् । बुधवार मन्त्री भण्डारीले विमानस्थलको अनुगमन पनि गर्नु भएको छ । उक्त अनुगमनको समयमा समितिले ८ बुँदे माग अघी सारेर मन्त्रीलाई ज्ञापन पत्र बुझाएको समितिका सचिव राजेन्द्र चन्दले जानकारी दिनुभयो ।
उक्त ज्ञापन पत्र बुझदै मन्त्री भण्डारीले आफुले पनि पाटनबाट पहिलो पटक महेन्द्रनगरमा हवाइयात्रा गरेबो बताउदै यसको स्तोरन्नती र संचालनका लागी भएको पहिल कदमीमा आफनो पनि एक्यवद्धता रहेको बताउनु भयो । महेन्द्रनगर विमानस्थल वि.सं. २०२३÷०२४ सालमा निर्माण भई वि.सं. २०५६ सम्म संचालनमा रहेको व्यहोरा यहाँलाई अवगत गराउन चाहन्छौं ।
वि.सं. २०७७ फागुन ३ गते तत्कालिन संस्कृक्ति पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय भानुभक्त ढकाल ज्यूको उपस्थितिमा तिनै तहका सरकार स्थानीय (श्री भीमदत्त नगरपालिकाको १५%, श्री दोधारा चाँदनी नगरपालिकाको १०% सुदूरपश्चिम प्रदेश सरकारको २५% र संघीय सरकारको ५०% सहलगानीमा पुनः निर्माण तथा विस्तार कार्यका लागि ःइग् भएको, सोहि अनुरुप ठेक्का बन्दोबस्ती भई निर्माण कार्य अगाडि बढी रहेको भएपनि विमानस्थल भन्दा दक्षिण तर्फको करिब ६६५ मिटर लम्बाई सम्मको क्षेत्र (रत्न बाटिका र सेनाले खेल मैदानका रुपमा प्रयोग गरेको क्षेत्र) लाई वि.सं. २०५१ जेष्ठ ९ गते प्रकाशित राजपत्र अनुसार प्रष्ट रुपमा एयरपोर्ट क्षेत्र घोषणा गरिएको भएपनि आवश्यक बजेट तथा केही महत्वपूर्ण निर्णयको अभावमा विमानस्थल निर्माणको काम निकै सुस्त अवस्थामा रहेको उल्लेख गरिएको छ ।
मझगाउँ विमानस्थल पुनः सञ्चालनमा आउदै गर्दा दोधारा चाँदनीमा बनिरहेको सुख्खा बन्दरगाह, दैजी छेलामा बन्ने औद्योगिक क्षेत्र, महाकाली करिडोर लगायतको महत्व बढ्नुका साथै भारतको राजधानी दिल्ली सहित प्रमुख पर्यटकीय भारतीय सहरहरुबाट सबैभन्दा नजिक पर्ने गड्डाचौकी नाका रहेको हुँदा भारतीय तथा तेस्रो मुलुकबाट नेपाल भित्रिने पर्यटकहरुका लागि सहजै हवाई सेवाबाट नेपालका विभिन्न क्षेत्रहरुको अवलोकन गराउने र पर्यापर्यटनमा ठूलो टेवा पुग्ने देखिन्छ उक्त पत्रमा उल्लेख गरिएको छ ।
यसका लागि माननीय मन्त्रीज्यूको अपनत्व हुने गरी विमानस्थल पुनः सञ्चालन कार्यमा पूर्ण सहयोग गर्नुहुने छ भन्ने कुरामा कञ्चनपुर जिल्लावासी आशावादी रहेको कुरा अनुरोध छ । विमानस्थल पुनः निर्माण कार्यमा माननीय मन्त्री ज्यू बार भएको सहयोग र सहकार्यका लागी कंचनपुर जील्ला बासी जनताको तर्फवाट धन्यवाद समेत ज्ञापन गर्दछौ ।
Comments are closed.