महेन्द्रनगर । भीमदत्तको वनखेतमा रहेको वृद्धा आश्रममा आर्थिक अभाव भएपछि आमाबुवाहरुलाई खाना खान पनि समस्या भएको छ । भीमदत्त नगरपालिका ५ बनखेतमा रहेको महिला तथा वृद्ध सेवा केन्द्रमा दाताको अभाव आर्थिक संकट परेपछि उक्त आश्रममा रहनु हुने ६० जना जेष्ठ नागरिक आमा बुवाहरुको विचल्ली भएको छ ।
बिहीबार महिला तथा बृद्ध सेवा केन्द्रले पत्रकार सम्मेलन नै गरेर अब बृद्ध आश्रम संचालन गर्न नसकिने घोषणा गरेको छ । विगत १८ वर्षदेखी मुठीदानबाट संचालन गरिएको वृद्धाआश्रममा अहिले कसैलेपनि सहयोग नगरिदिँदा समस्या भएको संचालिका शारदा चन्दले बताउनु भयो ।
संघिय सरकार, प्रदेश सरकार र स्थानिय सरकारले पनि सQहयोग नगरिदिँदा आमा बुवाहलाई खाना खुवाउनलाई पनि समस्या भएको उहाँले बताउनु भयो । अब विकल्प खोज्नु पर्ने बेला आएको छ यो सरकारले जिम्मा लिनु पय्रो या सहज तवरले संचालन गर्ने वातावरण बनाई दिनु पय्रो । यसरी वृद्ध आमाबुवाहरुलाईै कसरी भोकै राख्न सकिन्छ, कतिदिन आधा पेट मात्रै खाना खानु भन्नु पर्ने अवस्था भाएको छ ।
मैले भनेकी छु आज खाना कम छ आधा पेट मात्रै खानु भनेर, अहिले पछिल्लो चरणमा बजार क्षेत्रबाट मागेर पनि गुजारा चलाउन सकिएको छैन दिने दाताहरुले पनि कतीसम्म दिउन त सरकारले नै सहयोग नगरेको अवस्थामा संचालिका चन्दले भन्नु भयो ।
अस्ती आएको बाढीले बाँकी रहेको अन्न लत्ताकपडाहरु सबैमा क्षती पुग्यो कती बगाएर लग्यो, केही बाँकी रहेन कुखुरा पालको लाखौका कुखुराहरु मरे, कसैले पनि अनुगमन गर्न आएन सहयोग पनि गरिएन किन हेला गरियो वृद्ध आमा बुवाहरुलाई ? के गर्ने अब यो वृद्ध आश्रम सरकारले चलाउनु पय्रो या बन्द गरेर यी आमा बुवाहरुको सही व्यवस्थापन हुनुपय्रो उहाँले भन्नु भयो ।
अहिले विहान खायो भने बेलुकी के खाने बेलुकी खायो भने विहान के खाने भन्ने पिरले सताउने गरेको उहाँले बताउनु भयो । वर्ष ७५ की लक्ष्मी उपाध्यायले अब वृद्धा आश्रममा खानको लागी पनि नपाईने भयो कसरी हुन्छ हामीलाई खानको व्यस्था गरिदिनु पय्रो नत्र हामी सबै भोकै मर्ने भयौ, हात जोडदै उहाँले भन्न्ुभयो हामीलाई बचाई दि नु होस ।
अध्यक्ष चन्दले हालसम्म ३ हजार ३३६जेष्ठ नागरिकको पुर्नस्थापना, १सय २को वेवारिसे शव दाहसंस्कार गरिएको छ । सहयोगका लागि सरकारी, गैर सरकारी निकाय दातादाहरुलाई आग्रह गरेकी छिन ।
Comments are closed.