धारिलो हतियार प्रयोग गरी कञ्चनपुर मा दम्पती को हत्या

महेन्द्रनगर | कञ्चनपुर को लालझाडी गाउँपालिकामा एक दम्पति मृत भेटिएका छन् । लालझाँडी  गाउँपालिका–१ विनाबारीमाश्रीमान–श्रीमती मृत अवस्थामा भेटिएका हुन। मृत भेटिनेमा विनाबारीका ४५/४६ वर्षका रमेश बडायक र उनकी श्रीमति ४३ वर्षमाकमला बडायक रहेकाे जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रबक्ता प्रहरी नायव उपरिक्षक उमेश जोशिले धारिलो हतियार को प्रयोग गरेर हत्या भएको बताउनु भयो ।

उहाँले  टाउको गहिरो घाउ रहेको भएर धारिलो हतियार को प्रयोग ले हत्या गरेको बताउनु भयो ।`घटना शंकास्पद रहेकाले थप अनुसन्धानका लागि कुकुर सहितको टीलि घटनास्थलमा पुगेकाे छ, मृतकाशरिरमा चाेट पटक, घाउ देखिएको डिएसपि जोशिले बताइनु भयो ।´अहिले घटनास्थलमा आफू पनि पुगेको र अनुसन्धान भैरहेक बताउनु भयो ।

सम्बन्धित

Comments are closed.