महेन्द्रनगर । डडेल्धुरामा दिनदुखी, गरिव, दलित, एकल महिला , जेष्ठ नागरिक, शिक्षा, स्वास्थ्य, धार्मीक कार्य, लगायतमा समाजसेवी विनय प्रकाश मल्लले आर्थिक सहयोग गर्दै आईरहनु भएको छ ।अहिले उहाँले क्यान्सर बाट पिडित बिरामीलाई उपचारका लागी आर्थिक सहयोग गर्नु भएको छ ।
डडेल्धुराको अजयमेरु गाउँ पालिका वाड न.३ ,गुनपाल हाल भीमदत्त नगरपालिका १७ बागफाटा निवासी मानबहादुर मल्ललाई नगद १५ हजार आर्थिक सहयोग गर्नु भएको छ । उहाँ विगत लामो समयदेखी ठूलो आन्द्राको क्यान्सर रोगबाट पिडित हुनु भएको छ । मल्लको उपचारमा अली भएपनी मलहम लागोस् भन्ने उद्देश्यले व्यक्तिगत तर्फबाट स्वास्थ्य लाभको कामना गर्दै उक्त आर्थिक सहयोग हस्तान्तरण गरिएको समाजसेवी विनय प्रकाश मल्लले बताउनु भयो ।
आफुलाई जानकारी अएपछि तुरुन्तै उपचारमा केही सहजता होस भनेर यो आर्थिक सहयोग गरेको बताउनु भयो । यता पिडित मानबहादुर मल्लकी श्रिमती आरती मल्लले आफनो कुनै पनि परिचय समाजसेवी मल्ल संग नभएको र आफुले अहिले सम्म नदेखेको बताउँदै डडेल्धुरको विरामी हो भनेर थाहा पाउने वित्तिकै उहाँले आर्थिक सहयोग गर्नु भएको बताउनु भयो ।
उहाँले परिचय नभएको अन्जान मान्छेलाई डडेल्धुराको निवासीको नाताले मात्रै पनि विरामीलाई उपचार गर्न सहयोग गर्नु भएकोमा धन्यवाद दिनु भयो । साथै यसरी नै देशको सेवा गर्न पनि उहाँले समाजसेवी मल्ललाई आग्रह गर्नु भयो ।
Comments are closed.