विश्व हिन्दू परिषद नेपालद्वारा निशुल्क आँखा शिविर सम्पन्न

महेन्द्रनगर । कञ्चनपुरमा एक दिवशिय निशुल्क आँखा शिविर सम्पन्न गरिएको छ । शनिवार विश्व हिन्दू परिषद नेपाल सुदूरपश्चिम सम्भाग, पुनरर्वास समिति द्वारा आयोजित १ दिवसीय आँखा शिविर सम्पन्न भएको हो । पुनर्वास नगर पालिका ३ आईविआरडीको जनकल्याण माध्यमिक विद्यालयमा आयोजना गरिएको उक्त शिविरबाट पुरुष १ सय ३८ जना महिला २ सय ४ जना गरी जम्मा ३ सय ४२ जनाले सेवा लिनु भएको आयोजकले जनाएको छ ।

साथै उक्त शिविरबाट मोतिया विन्दुको शल्यक्रिया गर्नुपर्नेमा पूरुष २४ जना, र महिला २९ जना गरी जम्मा ५३ जना रहेका छन् । उक्त शिविरबाट निशुल्क आँखा चेकजाँच, निशुल्क शल्यक्रिया, निशुल्क औषधी वितरण, र सुफत मुल्यमा चश्मा वितरण गरिएको थियो ।

पुनर्वास नगर पालिका ३ आईविआरडीकी सिता तामाङले आफनो घरदैलो आँगनमा यसरी आँखा चेकजाँच गर्न पाउँदा सारै खुसी लागेको बताउनु भयो ।

पछिल्लो पटक धनगढीमा गएर आफनो आँखा चेक गराएको बताँउदै उहाँले अहिले यो शिविरबाट औषधी पनि पाएको र चश्मा पनि लिएको बताउनु भयो ।

सम्बन्धित

Comments are closed.