महेन्द्रनगर । हात्तीको बथानले गत असोज महिनामा मात्रै कञ्चनपुरका दुई जनाको ज्यान लिइ सकेको छ। असोज १३ गते उखुबारीमा हात्ती भगाउन कुरुवा बसेका लालझाडी गाउँपालिका–४ का ५९ वर्षीय रामदल रानालाई र घर तर्फ जादै गरेका आक्रमण गरी ज्यान लिएको थियो।
भने बेलौरी नगरपालिका– ६ का २२ वर्षीय उमेश चौधरीको घर तर्फ मोटरसाइकलमा जादै गरेका बेला असोज २२ गते हात्तीले आक्रमण गरी ज्यान लिएको थियो।पाँच वर्षका अवधिमा कञ्चनपुरमा १२ जनाले ज्यान गुमाई सकेका छन। लालझाडी गाउँपालिकामा–४ मा हात्तीले आधा दर्जन बढी स्थानीय बासिन्दाका बाख्रा समेत मारेर तिहारको मुखमै क्षति पुराएको छ।
दिउसै हात्ती नजिकैको वन क्षेत्र हुदै स्थानीय किसानको उखुवारीमा पसेर नोक्सानी पुर्याउदै आएको छ।भारतको दुधुवा नेशनल पार्क हुँदै शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज हुदै हात्तीको बथान वर्षातका बेला चुरे क्षेत्रमा बस्ने गरेको छ। वर्षात् हटेपछि चुरे नजिकका बस्ती संगै तल्लो समथर क्षेत्रमा पुगेर किसानले लगाएको अन्नबालीमा क्षति पुर्याउने गर्दछ।अहिले हात्तीको बथान दुधुवा नेशल पार्क नजिकैका बेलौरी, लालझाडी क्षेत्रका किसानको खेतवारीमा पसेर धान, उखु लगायतको बालीमा क्षति पुरयाउन थालेको छ।
सामुदायिक वन समन्वय समिति कञ्चनपुरका अध्यक्ष महेशदत्त जोशी हात्ती नियन्त्रण गर्नका लागि मेसवायर जडान गर्नु पर्ने बताउछन। ‘हात्ती प्रभावित क्षेत्रमा मेसवायर जडान गर्न सके वर्षेनी हुदै आएको मानवीय, भौतिक क्षतिमा कमी ल्याउन सकिन्छ’ उनले भने, ‘यसका लागि तीन तहकै सरकारले समन्वय गरी योजना बनाई बजेट परिचालन गर्नु पर्छ।’ हात्तीले नोक्सानी नपु¥याउने खालका बालीको खेती गर्न किसानलाई प्रोत्साहित गर्नु पर्ने उनले बताए।
Comments are closed.