कैलाली र डडेल्धुराबाट ३७ जना जुवाडे पक्राउ

महेन्द्रनगर । कैलाली र डडेल्धुराबाट ३७ जना जुवाडे पक्राउ परेका छन्।डडेल्धुराको गन्यापधुरा गाउँपालिका(३ गोयलखेतमा ३२ वर्षीय दिपक देउवाको घरबाट जुवातास खेलिरहेको अवस्थामा देउवासहित २८ जना पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नगद ४ लाख ४१ हजार ८६९ र १६ गड्डी ताससहित पक्राउ गरेको हो।यस्तै कैलालीको घोडाघोडी नगरपालिका(६ अस्नारा स्थित सहदेब भट्टको खाली कुखुरा फर्मबाट जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३२ वर्षीय नेत्र साउदसहित ९ जना जुुवाडे पक्राउ परेका छन्।

यीनीहरुलाई इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरी टोलीले नगद २६ हजार ४२० र १ गड्डी ताससहित पक्राउ गरेको हो। बिहीवार पक्राउ परेका यी ३७ जनामाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित

Comments are closed.