प्रथम वडा कप फुटबलको उपाधी बेलडाँडी वडा नं १ लाई

महेन्द्रनगर । कञ्चनपुरको बेलडाँडी गाँउपालिका वडा नं १ लाई प्रथम वडा कप फुटबल प्रतियोगिताको उपाधी हात पारेको छ। जिल्लाको सदरमुकाम महेन्द्रनगर स्थित खुलामञ्चमा बुधबार सम्पन्न भएको फाईनल प्रतियोगितामा बेलडाँडी वडा नं १ ले बेलडाँडी वडा नं ४ लाई फाइनलमा १(० गोलको अन्तरले पराजित गर्दै प्रथम वडा कप फुटबल प्रतियोगिता २०८१ को उपाधी जितेको प्रतियोगिता संयोजक मान बहादुर चन्द बताउनु भयो।

बेलडाँडी वडा नं। १ ले पहिलो हाफमै कर्नर किकको मौका पाएर उत्तम कार्कीले हेड मार्फत १ गोल गरेको थियो । रोयल गुर्खाज स्पोट्स सर्कलको आयोजनामा कार्तिक ११ गते देखी आयोजना भएको वडा कप फुटबल प्रतियोगितामा १९ जिल्लाका चार पालिका बेलडाँडि गाउँपालिका, बेदको नगरपालिका, भीमदत्त नगरपालिका र दोधारा चादँनी नगरपालिकाका १९ वडाका टिमको सहभागिता रहेको संयोजक चन्दले बताए।

फाईनल प्रतियोगितामा मुख्य रेफ्रिमा धनबहादुर महता सहायक रेफ्रीमा रोहित लेखक र मनिष कठायत रहेका थिए ।प्रतियोगिताको च्याम्पियन क्लब बेलडाँडी गाउँपालिका वडा नं।१ ले १ लाख ११ हजार १ सय ११ रुपैयाँ ट्रफी प्रमाणपत्र र मेडल हात पारेको छ भने उपबिजेता टिम बेलडाँडी वडा नं। ४ ले ५५ हजार ५ सय ५५ रनगद रुपैया ट्रफि, मेडल प्रमाणपत्रमा चित्तबुझाएको छ।
प्रतियोगिताको सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्स र उत्कृष्ट खेलाडी बेलडाँडी वडा नं।१ का दिनेश उपाध्याय, राम उपाध्याय र लालु सुनार, उत्कृष्ट गोलरक्षक भीमदत्त नगरपालिका वडा नं।६ का गोलरक्षक गृष्म मल्ल प्रतियोगिताको अनुशासित खेलाडी बेदकोट नगरपालिका वडा नं।३ का स्टाइगर ज्ञानेन्द्र जोशी र प्रतियोगिताको उदयमान खेलाडी बेलडाँडी वडा नं। ४ का पुकार रोकाया घोषित भए। उनले ट्रफी संगै आकर्षण पुरस्कार हात पारेका छन्।
बेलडाँडी गाँउपालिका प्रमुख हरिशचन्द्र रानाले बेलडाँडीकै दुवै टिम विजेता र उपविजेतालाई बधाई ज्ञापन गर्दै आगामी गर्दै आगामी दिनमा थप खेल क्षेत्रको प्रर्बद्धन गरिने बताए । बेलडाँडी १ का वडाध्यक्ष गज बहादुर विष्टले आफ्नो वडाटिमले उपाधी चुमेको भन्दै खेल र खेलाडीको बृद्धि विकासका लागि भूमिका निर्वाहमा जोडदिए ।

यसैगरी बेलडाँडी गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष बिर बहादुर खड्काले दुबै बेलडाँडिका टिम जिल्लामा भएको प्रथम वडा कप फुटबल प्रतियोगितामा पुग्दा निकै खुसिको खुरा रहेको र आफ्नो वडा नं ४ उपविजेता भएता पनि दुबै उपाधी बेलडाँडिले हात परेको हुँदा बधाई दिएका छन्। कञ्चनपुर फुटबल संघका अध्यक्ष गणेश बहादुर चन्दले खेलाडीले उच्च अनुशासनका विच खेल्नुपर्ने तर्फ खेलाडीको ध्यानाकर्षण गराएका छन ।

रोयल गोर्खाज स्पोट्स सर्कलका अध्यक्ष दिनेश श्रेष्ठले खेल क्षेत्रकोे बृद्धि विकासका लागि वडा स्तरबाटै टिम दर्ता गरेर प्रतियोगिता आयोजना गरेको बताए । कार्यक्रमका प्रमुख अतिथि भीमदत्त नगरका मेयर पदम बोगटीले प्रतियोगिताबाट थप खेल क्षेत्रको बृद्धि विकासमा टेवा पुग्ने बताए । ग्रामिण भेगबाट विजेता र उपविजेता दुवै टिम बेलडाँडी गाँउपालिकाकै भएकाले उक्त क्षणलाई ऐतिहासिक बताईएको छ ।

समापन कार्यक्रमका सभापति दिनेश श्रेष्ठ, प्रमुख अतिथि भीमदत्त नगरपालिका नगर प्रमुख पदम बोगटी, विशिष्ट अतिथि बेलडाँडी गाउँपालिका हरिशचन्द्र राना,भीमदत्त नगरपालिका उपप्रमुख निलम लेखक जोशी, कञ्चनपुर जिल्ला फुटबल संघका अध्यक्ष गणेश बहादुर चन्द अतिथिमा बेलडाँडी गाउँपालिका प्रवक्ता एवम् वडा नं १ का वडाध्यक्ष गजबहादुर चन्द, वडा नं ४ का वडाध्यक्ष बिर बहादुर खडका र बेलडाँडी वडा नं ५ का वडाध्यक्ष इन्द्र बहादुर खड्का लगायत विभिन्न संघसंस्थाका प्रमुख प्रतिनिधि लगायत खेलाडी खेलप्रेमीहरु को उपस्थिति रहेको थियो। भने कार्यक्रम सञ्चालन प्रतियोगिता संयोजक मन बहादुर चन्दले गर्नु भएको थियो।

सम्बन्धित

Comments are closed.