महेन्द्रनगर । भीमदत्त नगरपालिका ११ मा रहेको श्री सृजनात्मक वचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफनो १५ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । बिहिवार डायमण्ड पब्लिक एकेडमीको प्राङगणमा पूर्व मुख्यमन्त्री प्रदेश सभा सदस्य माननिय राजेन्द्र सिंह रावलको प्रमुख आतिथ्यमा सहकारीका अध्यक्ष मदनसिंह क्षेत्रीको सभाध्यक्षमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथी रावलले सहकारीलाई बलियो बनाउनमा महिला शेयरधनीको महत्वपुर्ण योगदान रहेको बताउनु भयो । यो सहकारीमा अहिले ६ सय ५० जना महिलाहरुले आफनो बचत गर्दै आएको र आफुलाई परिवारलाई आर्थिक रुपमा बलियो बनाउनमा अग्रसरता रहेको बताउनु भयो ।

साथै पछिल्लो समयमा बाहिरबाट आएका सहकारीलाई बढी विश्वास गर्ने बचत गर्ने, तर आफनै घरदैलोमा रहेको सहकारीलाई विश्वास नगर्नाले पनि करोडौ रुपैँया डुबेको बताउनु भयो । २०६६ साल बैशाख ६ गते ३२ जनाको अग्रसरताले बिधिवित रुपमा सहकारीको स्थापना भएको अध्यक्ष क्षेत्रीले बताउनु भयो ।
गत आर्थिक वर्ष २०८०÷८१ मा ५७४ र पुरुष ५३६ गरी १ हजार १ सय १० शेयर सदस्य रहेकामा चालु आर्थिक वर्ष २०८१÷८२ मा महिला ६ सय ५० र पुरुष ५ सय ७० गरी १ हजार २ सय २० जना शेयर सदस्य रहेको उहाँले बताउनु भयो ।
साथै सहकारीले २०७३ देखी संस्थाका शेयर सदस्यहरुबाट प्रती सदस्य प्रती महिना २ रुपैँयाका दरले हुन आउने वार्षिक रकम समाज कल्याण अञ्चल बाल अनाथालयलाई सहयोग स्वरुप यस वर्ष २६ हजार ६ सय ४० रुपैँया प्रदान गरिएको छ । यस्तै, ६० वर्ष पुरा भएका जेष्ठ नागरिक राधा कुमारी जोशी र हरी सिंह कार्कीलाई नगद २५ सयसहित दोसल्ला ओढाएर सम्मान गरिएको छ ।
यसैगरी सहकारीले आर्थिक वर्ष २०७० देखी संस्थामा आवद्ध शेयर सदस्यहरु मध्ये उत्कृष्ट कारोबार गर्ने २ जनालार्य प्रोत्साहन स्वरुप सम्मानित गर्दै आएको भएर आर्थिक वर्ष २०७८ बाट एक जना शेयर सदस्य थप गरी ३ जनालाई समान गर्दै आएको छ ।
यो वर्ष नगद ५ हजार १ सय सहित सम्मानीत हुनेमा उमा चन्द, रामबहादुर बुढा र नन्दलाल भट्टलार्य सम्मानित गरिएको छ ।
Comments are closed.