महेन्द्रनगरमा अस्ताउँदो सूर्यको पूजा आराधना गरी छठ पर्व मनाईयो

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरमा बिहिवार सूर्यको पूजा आराधना गरी छठ पर्व मनाइँएको छ । छठ पर्वको मुख्य दिन बिहिवार बेलुका अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिइएको हो । मधेशी समुदायले भीमदत्त नगरपालिका ६ ऐठपुर नहरमा बेलुका अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिएर मनाएका छन् ।

मधेशी समुदायका अगुवा रामसोगारथ ठाकुरले बर्तालुले बिहिवार रातभर जाग्राम बसेर आज बिहान शुक्रवार उदाउँदो सूर्यलाई अर्घ्य दिएर यो पर्व मनाई रहेको बताउनु भयो । महेन्द्रनगरमा सबै समुदायबाट सहयोग साथ मिलेको बताए । बिहीबार देखी शुरु भएकोे छठ शुक्रबार समापन हुनेछ भएको छ ।

छठमा व्रतालुले परिवारका सदस्यको दीर्घायु जीवन, सुख, शान्ति र समृद्धि, रोगव्याधिबाट बच्न, सन्तान प्राप्तिलगायत कामना गरी मनाउने परम्परा रहेको उहाँले बताउनु भयो । यसवर्ष छठको तयारीका लागि भीमदत्त नगरपालिका ६ ऐठपुर नहरमा पूजाकक्ष निर्माण गरिएको छ ।

निर्माण गरिएका पूजाकक्षमा टेन्ट, बत्ती, झिलिमिली बत्ती, रङ्गीचङ्गी माला, पताकालगायत सामग्रीले सजाएर आकर्षक बनाइएको छ । भक्तजन तथा दर्शनार्थीका लागि आकर्षक प्रवेशद्धार निर्माण गरिएको छ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म छठ पर्व मनाउने गरिन्छ ।

कात्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी एक छाक खाएर बस्ने गरिएको मिना झाले बताउनु भयो । दोस्रो दिन कात्तिक शुक्ल पञ्चमीमा सखर हालेर बनाइएको खिर षष्ठी मातालाई चढाई बर्तालुले प्रसादस्वरूप खाने र नुन नखाई एक छाक फलाहार रहने बताउनु भयो ।

यो पर्वको मुख्य दिन कात्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत गरी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिने विधि रहेको र सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिएपछि यो पर्व समापन हने जानकारी दिनु भयो ।

छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले परिवारको सुख, कल्याण र समृद्धि हुने विश्वास छ । छठमा बाँसका सामग्री, उखु, केरा, सुन्तला, स्याउलगायतको बढी प्रयोग गरिन्छ । पछिल्लो समय छठ मनाउनेको संख्या पनि बढ्दै गएको छ । २०४६ सालदेखि नै सरकारले यो पर्वका अवसरमा देशभर सार्वजनिक बिदा दिने गरेको छ ।

सम्बन्धित

Comments are closed.