स्विट नेपालद्वारा सार्वजनिक जवाफदेहिता प्रवर्धनका लागी नागरिक सुनवाई कार्यक्रम सम्पन्न

महेन्द्रनगर । स्विट नेपाल सामाजिक संस्थाले सार्वजनिक जवाफदेहिता प्रवर्धनका लागी नागरिक सुनवाई कार्यक्रम सम्पन्न गरेको छ । आईतवार वेदकोट नगरपालिकाको हलमा नगरप्रमुख,स्थानियहरु, पालिकाका शाखा प्रमुखहरु को उपश्थितीमा उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।

उक्त कार्यक्रमलाई पत्रकार महासंघ कञ्चनपुरका पूर्व अध्यक्ष विष्णु अवश्थीले सहजीकरण गर्नु भएको थियो । कार्यक्रममा सहभागी जनाउनु भएका स्थानियहरुले स्वास्थ्य, शिक्षा, कृषी, अपाङगताको विषयमा, विकास निर्माणको विषयमा आफनो प्रश्नहरु राख्नु भएको थियो ।

सहभागीहरुले निशुल्क शिक्षा हनुपर्ने, सडकमा ग्राभेल हालिनु पर्ने, सडक मर्मत सम्भार हुनुपर्ने, बाढीले नोक्शान गरेको सडक, घरलाई पुर्न निर्माण हुनुपर्ने, कृषीमा आएको अनुदानलाई समान तवरले बाडिनु पर्ने, सुचनालाई सबैको पहुँचमा पुग्ने गरी काम गरिनु पर्ने, लगायतमा आफनो प्रश्नहरु गर्नु भएको थियो ।

प्रश्नको जवाफ दिँदै शाखा प्रमुखहरुले उठेका प्रश्नहरु माथी समाधान गर्नका लागी आफुहरुले पहल गर्ने र समस्या समाधन गर्नमा लागि पर्ने बताउनु भएको थियो । कार्यक्रमका प्रमुख अतिथी एवम वेदकोट नगरपालिकालका नगर प्रमुख भोजराज बोहराले स्विट नेपालले गर्दै आईरहेको कार्यक्रम एकदमै उत्कृष्ट रहेको बताउँदै, लक्षित वर्गमा पुगेर आफनो कार्यक्रमहरु गरिरहेको बताउनु भयो ।

पालिकामा रहेका वडा नम्वर ४, ५ मा मुक्त कमैया र मुक्त हलियाहरु बहुल्यता भएको वडामा पहिलो चरण कार्यक्रम गरियो भने, अर्काे वडा ३ र १० मा विपन्न, गरिब, दलित, पिछडिएका समुदायमा गएरे कार्यक्रम गरिरहेको बताउनु भयो । विभिन्न तालिम दिएर सिप सिकाएर उनिहरुलाई सक्षम बनाई रहेको पनि आफुलाई जानकारी रहेको बताउनु भयो

साथे यो कार्यक्रमले आगामी दिनहरुमा वेदकोट नगरपालिकामा रहेका १० वटै वार्डमा आफनो कार्यक्रम लागु गर्न सके अन्य विपन्न गरिब दलितहरुको उत्थान हुने विकास हुनेमा आफु विश्वस्त रहेको बताउनु भयो । यस्तै कार्यक्रमका सभाध्यक्ष एवम स्विट नेपालका अध्यक्ष अमिर तिरुवाले मुख्यमन्त्री संग सिधै कुरा गर्न मिल्ने यो परियोजनाले छोटो समयमा आफनो लक्ष्य अनुरुप काम गरिरहेको बताउनु भयो ।

कञ्चनपुरमा २ पालिका ,कैलालीमा २ , डडेल्धुरामा २ , र बझाङमा २ पालिकामा काम गरिरहेको जानकारी दिनुभयो । साथै , यो परियोजनाले सुशासनयुक्त नगरपालिका बनाउनका लागी जवाफदेहिता बढाउनका लागी आम नागरिकको बढी भन्दा बढी पहुँचमा विस्तार गर्नका लागी यो कार्यक्रम गरिएको बताउनु भयो ।

यस्तै संस्थाका कार्यक्रम मयानेजर अमित सुनारले केलो सिएम र नमस्ते मेयर भन्ने कार्यक्रम अन्तरगत अत्तरदायित्व प्दान गर्न हेतुले पिछडिएको समुदाय, विपन्न ले पनि आफनो गुनाशोहरु मुख्यमन्त्री संग राख्न पाउने, दर्ता गर्ने व्यवस्था गरिएको बताउनु भयो ।

सरोकारवालाले प्रदान गर्ने सेवा र सुविधा के के छ ? कस्तो छ ? कसरी सहज तवरले पाउन सकिन्छ ? सेवा सुविधा पाउँदा पहुाच कसरी बढाउने भन्ने विषयमा रहेको यो कार्यक्रमको आयोजना गरिएको बताउनु भयो ।

सम्बन्धित

Comments are closed.