महेन्द्रनगर । भीमदत्त नगरपालिकाको दुर्गम क्षेत्र वडा नम्वर ९ खल्ला मुसेट्टीमा अहिले त्यँहाका स्थानियहरुले तरकारी खेती गरेर , बाख्रा पालन गरेर, मौरी पालन गरेर मनग्य आम्दानी गरिरहेका छन् । कञ्चनपुरमा रहेको राष्ट्रिय वातावरण तथा सम विकास नेपाल (निड्स नेपाल) ले प्रदान गरेको विभिन्न तालिमहरु, कृषकहरुलाई आवस्यक पर्ने कृषी सामग्रीहरु सहयोग गरेपछि उनिहरुले अहिले उत्पादन गरेर आम्दानी पनि गरिरहेका छन् ।

कोइकाको आर्थिक सहयोग निड्स नेपाल र अक्सफामको संयुक्त साझेदारीमा संचालित आप्रवाशी परिवारको लागी आर्थिक उत्थानशिलता कार्यक्रम मार्फत उनिहरुलाई विभिन्न तालिमहरु र सामग्रीहरु प्रदान गरिए पछि अहिले व्यवसायीक रुपमा स्थानियहरुले बाख्रापालन, मौरी पालन, तरकारी उत्पादन आरन व्यवसाय, कपाल काट्ने शैलुनहरु संचालनमा ल्याएका छन् ।

समुसदायमा रहेका विपन्न, गरिव, दलित, पिछडिएकाहरुलाई संस्थाले बिभिन्न कृषी सम्बन्धी सामग्रीहरु, तालिमहरु, प्रदान गरेपछि आफुले सिकेको सपिको उचितथ प्रयोग गरी आम्दानी पनि गरिरहेका छन् । निड्स नेपालले सोमवार जिल्ला समन्वय समिती प्रमुख दुर्गादत्त बोहरा, भीमदत्त नगरपालिकाका उपप्रमुख निलम लेखक, भेटेरेनरी अस्पतालका पशु सेवा विज्ञ केन्द्रका अधिकृत शिवराज भट्ट, कृषी ज्ञान केन्द्रका प्राविधीक सहायक जनक सिंह, लगायतालाई आफनो परियोजनाको अनुगमन गराएको छ ।

संस्थाले बाख्रा पालन, मह उत्पादन, तरकारी खेती, आरन व्यवसायमा आर्थिक सहयोग र विभिन्न तालिम प्रदान गरेको छ । मौरी पालक किसान देवकी देवी खडकाले संस्थाले आफुलाई एक वर्ष पहिले ७ वटा मौरीको घार उपलब्ध गरेको र अहिले आफुले उक्त मौरीको संख्या बढाएर २४ वटा घर बनाउन सफल भएको बताउनु भयो ।

यसबाट मह उत्पादन गरेर अहिले सम्म ३० हजारको मह विक्री गरेको र ८० किलो मह उत्पादन गरेको बताउनु भयो । आफुलाई संस्थाले मौरी पालनको लागी तालिम पनि प्रदान गरेको र आफु व्यवसायिक रुपले यो काम गरिरहेको बताउनु भयो । यस्तै बाख्रा पालक किसान अंकिता विष्टलाई संस्थाले एक वर्ष पहिला ७ वटा बाख्रा दिएको थियो ।
अहिले उक्त वाख्राबाट एक बोका ७ हजारमा बिक्री गरेको र अन्य बाख्राहरु पनि पाठी पाउने अवस्थमा रहेको बताउनु भयो । पहिले पनि आफुले बाख्रा पालन गर्दै आएको भएपनि तालिम पाए पश्चात बाख्रा पालन गर्ने तरिका थाहा भएको बताउनु भयो ।
अहिले व्यवसायीक रुपमा बाख्राहरु पालन गरेको र अहिले आफु संग ३२ वटा ठुला र साना बाख्राहरु रहेको बताउनु भयो । वार्षिक रुपमा ७० देखी ८० हजारको आम्दानी बाख्राबाट हुने गरेको बताउनु भयो । जिल्ला समन्वय समिती प्रमुख दुर्गादत्त बोहराले स.स्थाले विपन्न गरिब परिवारलाई आर्थिक रुपमा सवलीकरण गर्न कार्यक्रम गरेको लक्ष्य अनुरुप भएको बताउनु भयो ।
भीमदत्त नगरपालिकाका उपप्रमुख निलम लेखकले दुर्गम क्षेत्रमा संस्थाले गरेको लगान िखेर नगएको र कृषकहरुले पनि मिहिनेत गरेर संस्थाले दिएको तालिम र सामग्रीको सही सदुपयोग गरेको पाईएको बताउनु भयो ।
Comments are closed.